कहां जादै छ मेरो देश ?

0
Quantam abroad studies

मंसिर ९,

सलिना मियाँ,

गोरखा कहाँ जादै छ मेरो देश के हुन लागिरहेको छ यो देशमा कस्को मुख हेरेर बसेका छौ । हामी हामीले नगरे कस्ले गर्छ अहिले नगरे कहिले गर्ने किन सबै जनता चुप लागेर बसेका छन् ।

sahani furniture udyog

मान्छे किन आँखा भएर पनि अन्धो व्यबहार गरिराखेका छन् । कहाँ गए देशमा लागू भएका नियमहरु के अब नियम पनि कागजमा मात्र हुने हो कि पैसा वालाले मात्र न्याय पाउने हो के भैरहेको छ यो देशमा हरेक दिन बलात्कार, हत्या, डकैती जस्ता अपराध भैरहेको छ के अब मान्छे स्वतन्त्र तरिकाले बाच्ने अधिकार नपाउने हो ? बच्चा देखि लिएर मर्न लागेका कुनै पनि महिलालाई सजिलो तरिकाले बाच्न दिइएको छैन । कति सम्म सहेर चुप बस्छौ आज अरुको छ भोलि हाम्रो पनि हुन्छ के अब हामी आफुलाई नपरे सम्म कानमा तेल हालेर नै बस्ने हो, किन सकिदैन आवाज उठाउन प्रत्येक दिन यस्ता घटना घटिराहेको छ ।

विभिन्न हिसां तर यो कुरामा कसैको चासो जादैन थाहा छैन यो देश को कानुन के को लागि बनेको हो आजपनी महोत्तरीमा ६ बर्सिया बालिकाको हत्या भएको छ वर्दिवास नगरपालिका मा अर्को एक ६ बर्सिया बालिकाको शव बोरामा पोको पारेको अवस्थामा सोमबार फेला परियो कति सम्म अत्याचार गरिन्छ महिला लाई के यो देशमा अन्यायमा परेका ले न्याय नपाउने कहिले पाइन्छ न्याय पाएर सिर ठाडो पारेर हिन्न कसैलाई एसिड छर्किने कसैलाई बलात्कार गर्ने कहिले सम्म गरिने हो महिला हिंसात्मक गति विधिका कारण फाटेको हजारौं नारिको मन सिलाउन हिस्सारुपि दुरगन्धित छ र महिला को हक अधिकार लगाएत महिलाहरुको जीवन शात्र थप अधिकार सम्मानित पुजनिय बनाउनु पर्ने दण्ड हिनताको अन्त्य हो । अपराधिले अपराध गरेको सजाए पाई सके पछि उसले त त्यो गल्ति दोहोर्याउदैन नै सोही दिस्टान्तमा अन्य व्यक्ति लाई पनि चेतन शिलबनाउने गर्दछ ।

सत्यता लुकाएर कहिले पनि लुक्दैन रगत रातै हुन्छ र दूध सेतो नै तपाई हरुको परिवारमा अाफन्त मा बलत्कार गर्न खोज्छ भने तपाईं महिला शसक्तिकरण मा लाग्नु हुन्छ कि तपाई अपराधि लाई सजाए दिन पर्छ भन्ने तर्फ लाग्नु हुन्छ ? मेरो बिचारमा तपाई पक्कै पनि सशक्तीकरणमा लागेता पनि तपाईं को आत्मा ले भने अपराधी लाई सजाए दिन पर्छ नै भन्दछ । त्यसकारण अब महिला हिस्सा अन्त गर्न को लागि अब अत्ति भएको छ मुख सियर र हात बाधेर बस्नु हुदैन्। अब कानमा रुइ कोचेर बस्न सकिँदैन अब अपराधिलाई अपराध गरेबापत सोही अपराधको किसिममा र प्रकृति अनुसार कानुनको कटेरामा ल्याएर सजायको भागिदार बनाउनु पर्छ यो नै दण्डहिनता को अन्त्य हो ।

मलाई थाहा छ एक्लैले अवाज उठाएर केही हुने वाला छैन् तर चुप लागेर बस्न मन लागेन यदि हजुर हरुको मनमा पनि न्याय पाउन पर्छ भन्ने लाग्छ भने मेरो बिन्ती छ आ-आफ्नो ठाउँ बाट आवाज उठाउनु होला । म लेखक मात्र होइन एउटा हड्ता र कर्ता बनेर सबै सँग समन्वय गरि महिला हिसां रुपि पाप थुरि बाट कराइ सकेको छ यसको अन्त्य गरौ आवाज उठाओ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.