मंसिर १०,
कपिलवस्तुको धेरै जसो ठाउँमा बिकासको नाममा शून्य रहेको छ । देशमा संघीयता आउदा सर्ब साधारण देखि नेता समेत खुसी थिए तर अहिलेको अवस्थामा नेताले जनता र बिकास कार्यलाई ओझेलमा पारी आफू खुसी रमाउने गरिरहेका छन् । कतिपय ठाउँमा स्थानीय निकायको मनमानी बिकास कार्यलाई हेर्दा झणिक रूपमा बिकास भएको छ । तीब्र गतिमा भएका बिकास कार्यहरू महिनौ नहुँदा पूरानो अवस्था मा फर्किन थालेका छन् ।
यता बिजयनगर गाउँपालिका आफुलाई नमुना पालिकाको रुप मा चिनाए पनि बिकासका कार्यहरू संतोषजनक छैनन् र कृष्णनगर नगरपालिका जहिले पनि बिबाद रहिरहदा बिकास को काम कमै मात्रामा सुन्न पाइन्छ, भनेर सर्बसाधारणले आरोप लगाउने गरेका छन् ।
बिजयनगर गाउँपालिका वडा नं ३ र कृष्णनगर नगरपालिका वडा नं. ९ लगायत बहादुरगंज बजार जोडने मूल सडकको अवस्था हेर्दा निकै दयनीय छ । त्यो बीचमा पर्ने सुरही खोला जहाँ बाट दिनको सय भन्दा बढी बिद्यार्थी र अन्य सर्वसाधारण -हरु आउनेजाने गरेको पाइन्छ। तर सुरही खोलामा नांगै खुट्टाले नदी पार गर्दा गाह्रो हुने भएको छ भने मोटरसाइकल र अन्य सवारी साधन नदी पार गर्न कठिनाइ हुनुको साथै २-३ घन्टा नदीमै अल्झिनु पर्ने हुन्छ।
बिजयनगर गा. पा. र कृष्णनगर नगरपालिका दुवै स्थानीय निकायले ध्यान नदिँदा खोला पार गर्दा सर्वसाधारणलाई सस्ती भोग्नु परेको छ । खोलाको अवस्था अत्यन्तै खराब भएकोले यहाँको स्थानीय बासिन्दालाई दैनिक जिवनमा प्रत्यक्ष असर पारेको छ । साथै आवत जावत गर्दा दैनिक एक-दुई जनालाई चोट पट्क लागेको सुन्नमा आँउछ ।
यो बाटो मर्मत को लागि महदेईया, परसहव डिहवाका जन्ताले सामुहिक रुपमा बिजयनगर गा. पा. को प्रमुख प्रशासकिय अधिकृत ज्यु समक्ष निवेदन नै बुझाए पनि पालिका बाट कुनै किसिम को प्रतिक्रिया आएको छैन । उता कृष्णनगर नगरपालिकाले पनि कुनै वास्ता नगर्दा समास्या हुने भएको छ । आखिर कहिले सम्म यहाँका जनतालाई सास्ति खेप्नुपर्ने हुन्छ।