लोकनारायण सुबेदी,
मंसिर १०,
यतिबेला बर्दिया की ६ बर्षीय बालिका खुलाब खातुन को बलात्कार र क्रूर हत्याले देश तरंगित छ । त्यो घटनाको बिरोध र अपराधी माथि कडा कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रदा प्रहरीको गोली लागेर घाइते भएका सञ्जय नेउपानेको उपचार को क्रममा मृत्यु भइसकेको छ । अरु दुइजना गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् । यसले थप बिरोध र तनाब निम्त्याएको छ । यस सन्दर्भमा आज महिाल र बाल बालिका माथि भइरहेका जघन्य र क्रूर हत्या, हिंसा र बलात्कारका प्रकरणलाई सर्सरी केलाउनु उपयुक्त नै हुन्छ ।
आजको बिश्वलाई सभ्यताको बिश्व भन्ने गरिन्छ । तर बिश्वको आधा जनसंख्या — महिलाहरुको हकमा यो कुरा हावादारी ठहरिन पुग्दछ । सामान्यतः गलत कुराहरु हरेक समाजमा हुन्छन् भनेर यो लैंगिक हिंसालाई सामान्यिकरण गरेर जहाँ पनि यस्तै हो भन्ने भाव पैदा गर्ने गरिन्छ । तर वास्तबिक यथार्थ त्यस्तो होइन र हुँदैन। सामाजिक–आर्थिक प्रणालीमा नै महिला लाई किनारामा पार्ने र हिंसा थोपर्ने खाल को बातावरण र परिवेश रहेको छ । त्यसैले,बिश्वको शायदै कुनै कुना होला जहाँ एक दुइ अपबाद बाहेक महिला हिंसाबाट सुरक्षित र सुनिश्चित रहेका होउन् ।
घरेलु हिंसा देखि लिएर यौन शोषण, अनलाईन उत्पीडन तथा लैंकिग हिंसा एउटा यस्तो बिश्व संकट हो, जुन कोरोना भाइरस को महामारी कालमा पनि अझ बढेर गएको छ । यस सम्वन्ध मा संयुक्त राष्ट्र संघका महासचिव गुत्तेरसले केही समय पहिला महिला हिंसाका सन्दर्भ मा भनेका छन् — शान्ति र सुरक्षा मानब अधिकार तथा दीगो बिकासका लागि हाम्रा सबै प्रयास हुँदाहुदै पनि लाखौं महिलाहरु आज पनि भयमा बाँचिरहेका छन् । यसको दीर्घकालीन दुष्परिणाम तिनका परिबारहरु र समुदायले भोग्नुपर्ने स्थिति कायम छ ।
आ बास्तबमा यो एउटा गम्भीर अनुसन्धान र खोजको बिषय छ कि किन यसरी सर्बत्र महिलाहरुका बिरुद्ध समाज अत्यन्तै अनुदार र हिंसक छ । संयुक्त राष्ट्र संघ जनसंख्या कोषको एउटा यस सम्वन्धि अध्ययन प्रतिबेदन ले यस बारेमा प्रकाश पार्न खोजेको छ । त्यस अध्ययन प्रतिबेदनबाट स्पष्ट हुन्छ कि समाज, परिवार र समुदाय मा कम उमेर का केटाहरु लाई आक्रमक ब्यबहार गर्नका लागि प्रोत्साहित गर्ने गरिन्छ । कथित मर्दत्वको बिषाक्त भावनाहरु यूवाहरुको मनमा सानो उमेर देखि नै पैदा गरिने र कायम राखिने गरिन्छ । त्यस प्रकारले उनीहरु लाई यस्तो सामाजिक ब्यबस्थाको शतत बाहक बनाइन्छ जहाँ पुरुष शक्तिशाली तथा नियन्त्रणकर्ता हुने गर्दछ । यूवाहरुलाई के बिश्वास दिलाइन्छ भने किशोरी तथा महिलाहरुका प्रति प्रभूत्व को ब्यबहार गर्नुपर्दछ र त्यही नै मर्दत्व हो अर्थात पुरुष हुनुको पौरुषत्व हो । परिणामतः एउटा यस्तो समाज बन्दछ जहाँ महिलाहरु माथि आधिपत्य स्थापित गर्नका लागि कुनै पश्चाताप या ग्लानी बिना नै उनीहरुमाथि निर्धक्क शारिरीक हिंसा गर्ने गरिन्छ, फलतः महिलाहरुको आत्मबल यसरी टुट्न जान्छ कि उनीहरु पुरुष अगाडि समकक्षका रुपमा खडा हुने सहास नै गर्न सक्तैनन् र दबेर बस्नु नै श्रेयस्कर ठान्न बाध्य पारिन्छन् । यूरोपेली संघ को मौलिक अधिकार एजेन्सीले संघ मा आबद्ध २८ देशहरु मा महिलाहरु को स्थितिका बारेमा आकलन गर्नका लागि १८ देखि ७४ बर्ष उमेर समूहका ४२ हजार महिलाहरुका बीचमा एउटा सर्बेक्षण गरेको थियो । त्यस अध्ययन प्रतिबेदनले के नतिजा निकाले को थियो भने हरेक तेश्रो महिला आफ्नो १५औं जन्म दिन पछि कम्तिमा एक पटक त शारिरीक या यौंन हिंसाका शिकार भइसकेकै हुनछन् । तिन मा २२ प्रतिशत महिलाले आफ्रनै जीवन साथीबाट शारिरीक हिंसा या दुष्कर्मको सामना गर्नु परेको हुन्छ भने ९३ प्रतिशत महिलाहरुले मानसिक यातनाबाट गुज्रिनु परेको हुन्छ ।
फ्रान्सको पनि एउटा यस्तै तथ्यांकले बताउँदछ कि १८ देखि ७५ बर्ष २ लाख २९ हजार माहिलाहरु ले बिभिन्न रुपले शारिरीक तथा यौन हिंसा झेल्ने गर्दछन् । तर ती मध्ये २० प्रतिशतले मात्र आफुमाथिको अन्याय र हिंसाका कृयाकलाप दर्ता गराउन सक्तछन् । अनि यो कुरा सहजै कल्पना गर्न सकिन्छ कि बिकसित भनिएका देशहरु मा त महिलाहरुको यस्तो गए गुज्रेको अर्थात ८० प्रतिशतले घरेलु, सामिाजक हिंसा सहेर यस्तै हो भनेर बस्ने स्थिति छ भने अबिकसित अल्प बिकसित पिछडिए का देश र समाज को अबस्था के कस्तो रहेको होला र खोजी गरेमा कस्तो भयावह तथ्यांक निस्केला सहजै अनुमान गर्न सकिन्छ ।
यस सम्वन्धमा भारतको कुरा गर्ने हो भने त्यहाँ एनसीआरबीको पछिल्लो ताजा तथ्यांक अनुसार २०१९ मा महिला बिरुद्ध भएका अपराधमा ७.३ प्रतिशतले बृद्धि भएको छ । गएको बर्ष त्यहाँ महिला का बिरुद्ध ४.०५ लाख बिभिन्न अपराध दर्ता गरिएका थिए । ती मध्येमा १.२६ लाख घरेलु हिंसाका अपराध थिए । यस तथ्यप्रति आँखा चिम्लने वा देखेको नदेखे झै गर्ने र समान्यरुपमा लिने पुरुषहरुले पनि स्वीकार गर्नु पर्दछ कि यो हिंसात्मक ब्यबहारमा उनीहरु पनि भागिदार छन् । संयुक्त राष्ट्र संघका महासचिव गुत्तेरस ले ठिक भनेका छन् कि बिश्वभरी महिलाहरुका बिरद्ध हिंसामा बृद्धि भइरहँदा पनि समाज पुरानै जालझेल र तिकडमबाजी प्रबित्तिमै रहने प्रत्यन्त गरिरहेको छ । अरुलाई दोष थोपर्नु त्यसको प्रबृत्ति भइसकेको छ । महामारी माथि दोष थोपर्नु, समाजिक – आर्थिक दबाबमाथि दोष दिनु कति सम्म भने क्षुब्ध हुने हदैसम्म पीडिता महिलाहरु लाई जिम्मेवार ठहराउनु आज समाज को बानी परिसके को र परिरहेको छ ।
अहिलेको कोरोना महामारीको संकटभन्दा पहिला बिश्वभरीमा सरदर १२६ महिलाहरु दैनिकरुपमा परिबारका कुनै सदस्य द्वारा मारिने गर्दथे । यो कोरोना महामारीको महाकाल आए पछि पनि महिलाहरु का बिरुद्धको हिंसा लगातार बढ्दै नै आएको छ । चिलीको ‘कोअर्डिनाडोनार फेमिनिस्टा डा एम’ले कोरोना संकटका लागि नारीबादी संकटकालीन परियोजना तयार गरेको बताइएको छ । त्यसका दुइटा महत्वपूर्ण बूँदा रहेको उल्लेख गरिएको छ । त्यसमा पहिलो हो – महिलाहरुका पक्षमा सामुहीक र पारस्परिक सहायता रणनीति बिकसित गर्ने र दोश्र हो – पितृ – सत्तात्मक हिंसाको सामना गर्नका लागि सामुहीक प्रतिकृया दर्ता गराउने एउटा प्रणाली नै बनाउने ।