राजा आऊ देश बचाऊ भन्दै पोखरामा प्रदर्शन

0
Quantam abroad studies

पोखरा, मंसिर १०,

देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै बुधबार पोखरामा राजाबादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय झण्डा सहित उपस्थित उनीहरुले पोखराका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । पोखराको अमरसिंह चोक बाट शुरु भएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, जिरो किलो मिटर , सभागृहचोक, न्यूरोडहुँदै मानव अधिकार चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।र्यालीमा सहभागी ले राजतन्त्र जिन्दाबाद , राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, गणतन्त्र मुर्दावाद, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता प्ले कार्ड बोक्नुको साथै बाजागाजा सहित पोखरा शहर परिक्रमा गरेका थिए ।

राजावादीको बाक्लो उपस्थिति रहेको र्यालीमा कास्की तथा छिमेकी जिल्ला स्याङ्जा र तनहुँबाट समेत सहभागिता रहेको थियो । अप्रिय घटना हुन नदिनका लागि कास्की प्रहरीले कोण सभा र र्यालीमा सुरक्षा मजबुत बनाएको थियो । सभार पोखरा न्यूज़ डटकम ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.