लौंगिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको एक्यवद्धता’ भन्ने मूल नाराका साथ १६ दिने अभियान

0
Quantam abroad studies

मंसिर १०,

शहबाज खान,

sahani furniture udyog

कपिलवस्तु,

कपिलवस्तु २९औं अन्तराष्ट्रीय महिला लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको ‘लौंगिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको एक्यवद्धता’ भन्ने मूल नाराकासाथ अफान्त नेपाल, शान्ति पुनर्थापना गृह,इलाका प्रहरी कार्यलय कृष्णनगर र कृष्णनगर नगरपालिका, सुआहारा लगायत बिभिन्न संघ संस्थाको आयोजनामा आज देखि कृष्णनगरमा शुरु भएको छ।

कपिलवस्तु को कृष्णनगर को मुटु गोलघर चोक मा दीप प्रज्जवलन गरी कृष्णनगर नगरपालिकाका उपप्रमुख शबनम खातुन, महिला तथा वालवालिका शाखा प्रमुख थुमा उपाध्याय, तथा प्रतिनिध केशर विश्वकर्मा, भूमिराज भट्टराई, इश्वरी पौडेल, लायन्स क्लब आफ कृष्णनगरका डिस्ट्रिक सिनियर एडवाईजर दिनेश चन्द्र गुप्ता नेपाल प्रहरी कृष्णनगर, सशस्त्र प्रहरी बल कृष्णनगर लगायत बिभिन्न संघ संस्थाका प्रमुख,कृष्णनगरका भद्रभलादमी, महिला, पुरुष र पत्रकारहरु को उपस्थिति मा कार्यक्रमको आरम्भ भएको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.