अबैध रुपमा नेपालमा भित्र्याउदै गरेको माछा सहित १० थान साइकल कपिलवस्तु प्रहरीको नियन्त्रणमा

0
Quantam abroad studies

१३ मङ्सिर,

प्रभु नाथ गुप्ता,

कपिलवस्तुवस्तु ।

अबैध रुपमा नेपालमा भित्र्याउदै गरेको माङगुर जातको माछा सहित साइकल कपिलवस्तु प्रहरी ले नियन्त्रण मा लिएको जनाएको छ ।

करिब ११:०० बजेको समय मा शुद्धोधन गाउँपालिका – ५, हथिहवा दोहोनी स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको १० वटा साईकल मा १० क्यारेट मा रहेको माङगुर जातको माछा बरामद गरेको छ ।

अन्दाजी ५०० किलो ग्राम अन्दाजी मुल्य रू.२,४०,०००।–(दुई लाख चालिस हजार ) बराबर को माङगुर जात को माछा र साईकल नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले उक्त वस्तु फेला पार्ने क्रममा माछा ल्याउने व्यक्तिहरू प्रहरी टोलीलाई देखी माछा र साईकल छाडी भारत तर्फ भागी गएको हुँदा उक्त माछा र साईकल प्रहरी टोलीले बरामद गरी यस कार्यालयमा ल्याई माछा स्थानिय जनप्रतिनिधी, पत्रकारको रोहबरमा नष्ट गरीएको प्रहरीले जनाएको हो । उक्त १० वटा साईकलहरु भन्सार कार्यालय पठाउने पहल भईरहेको प्रहरीको श्रोतले जनाएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.