महाराजगन्ज मा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम सम्पन्न

0
Quantam abroad studies

धनी राम काेरी,

कपिलवस्तु , १४ मंसिर

कपिलवस्तुकाे महाराजगन्ज नगरपालिका मा मनाे-सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम नगरपालिका काे सभाहल मा सम्पन्न भएको छ ।

हाम्रो जीवनमा प्रत्यक्ष घाट्ने घटना अपातविपत परेको वेला मा मान्छे अत्तिने कारण बाट अर्को घटना घाट्ने सम्भावना वढी हुन्छ । त्यस्ताे अवस्था आफुलाई कसरी नियन्त्रण मा राख्ने जस्ता कुराहरु तालिम छलफल भयो थियो ।

मान्छे काे जीवन मा आर्थिक, सामाजिक, राजनीति धार्मिक समस्या आएकाे बेला कुन प्रकारकाे निर्यण र कस्तो व्यक्ति संग सल्लाह लिदा राम्रो हुन्छ ।

मान्छे ले कुनै पनि काम गरेको खण्ड मा नकारात्मक र सकारात्मक दुवै पक्ष हुन्छ । तालिममा मनाे-सामाजिक समस्या का कारणहरु, यसका असरहरु, समाधान गर्ने उपायहरु, तनाव काे शिर्षकमा छलफल भएको थियो । मानिस को जीवनमा समस्या परेको वेला कसरी, के गर्दा राम्रो हुन्छ, कुन निर्णय लिदा ठिक हुन्छ यिनीहरू काे बारेमा छलफल भएको थियो ।

मनाे – सामाजिक सहयोग सम्बन्धि दुई दिने तालिम मंसिर १३ गते देखि १४ सम्म चालेको छ । तालिम काे प्रकाश घिमिरे प्रशिक्षण गर्नु भएको छ ।

तालिम UKAid, VSO र international Alertसंस्थाहरु काे आर्थिक सहयोग र मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्था काे अायाेजना मा सम्पन्न भएको छ ।

उक्त तालिममा महाराजगन्ज नगरपालिका का नगर उपप्रमुख शुभावती कुर्मी, वडा नं. ११ का अध्यक्ष र न्यायिक समिति सदस्य जगदीश तिवारी, वडा नं ६ का वडाअध्यक्ष हेमन्त कुमार चाैधरी, न्यायिक समिति सदस्य राजेन्द्र कुर्मी, न्यायिक समिति का कर्मचारी कृष्ण दास हरिजन, महिला तथा बालबालिका शाखाका विन्द वासिनी चाैधरी, प्रशासन शाखा प्रमुख निरन्जन पाैडेल, इलाका प्रहरी कार्यालय का हाेम बहादुर पुन, रविन्द्र हरिजन, दिपेन्द्र यादव, प्रहरी चाैकी उदयपुरका यज्ञ बहादुर सुनार, भुपाल बहादुर पुन, सूर्य प्रसाद न्याैपाने र अन्यव्यक्तिहरु काे सहभागीता रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.