धनुषा, मंसिर २० गते ।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका अवसर पारेर आज त्रिभुवन आदर्श मा. वि. को मैदान (बगैंचा) मा रोयल युथ क्लब द्वारा वृक्षरोपण गरिएको छ ।
रोयल युथ क्लबको आयोजित कार्यक्रममा प्रमुख अतिथि श्री देवेन्द्र कुमार यादव (प्रधानाध्यापक), अतिथि इजाज अन्सारी (AYC अध्यक्ष) र कार्यक्रम को अध्यक्षता मा राहुल यादव लगायत यस क्लबको अध्यक्ष “तनविर रेजा राइन” सचिव रन्जन कापर, दिपक मंडलको पहलमा र दिपेश यादव, राहुल साह, बिबेक कापर इत्यादि मेम्बरको उपस्तिथिमा कार्यक्रम समापन भएको छ ।
यस कार्यक्रमको आफ्नो विशेष मन्तव्यमा श्री देवेन्द्र कुमार यादवले भने: – स्वयमसेवा मानवताको पर्याय पनि हो । जीवन को मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडि, विदेश भ्रमणको संख्या अनि लगाएका बहुमूल्य वस्त्राभूषण मात्र हैन्, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौं त ? हामीबाट अरुले के सिके त र अनि हामीले गर्दा कति जनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्वपूर्ण रहन्छ । सेवा नै धर्म हो अनि स्वयमसेवाबाट आउने आनन्द र सन्तुष्टी अतुलनिय छ । सबै स्वंसेवकहरुलाई नमन। प्रकृति मानवको कल्चर हो र रुख भविस्य उहाँले बताउनु भयो ।
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका विषय लिएर AYCका अध्यक्ष इजाज अन्सारीले आफ्नो मन्तव्य राख्दै भने:- “विहानै अत्यन्त चहकीलो सूर्य त साँझमा कमजोर हुन्छ भन्ने रहेको छ । तर यस्तो होइन कमजोर, बलिया सबैलाई एकैसाथ समेटेर हिंड्नुनै सामाजिक विकासको सूचक हो र यस कार्यमा सूचना पूर्याउन अनि जागरण गर्न स्वयमसेवक को भूमीका रहन्छ । त्यस अन्तर्गत सकारात्मक परिवर्तनमा युवाको महत्त्वपूर्ण भुमिका भएकोले सधैं सबैमा अगाडि र सहयोग हामी ले गर्दै रहन्छौ। रोयल युथ क्लबको आयोजनाका अनुसार म वृक्ष व्यवस्था गरे” उनले बताएको छ |
कार्यक्रमको विषय लिएर RYCका अध्यक्ष तनविर रेजा राइनले आफ्नो मन्तव्य राख्दै भने : – “रुख संरक्षण गर्ने दायित्व नागरिक कै हुनुपर्छ । किनभने विश्वभर चिनिएको (हरियो वन नेपालको धन) र यस विकासले प्राणी जगत कै रक्षा हुने भएकाले सबैले वृक्षलाई रक्षा, संरक्षण र विकासमा लाग्नुपर्ने एउटा मुख्य अभियानको रूपमा हरेक समाज र समुदायमा सचेतना हुन आवस्यक छ ” उनले बताए ।