मंसिर २१, काठमान्डौं ।
देशका जल्दबल्दा राष्ट्रिय समस्या सँग एकीकृत रुपमा लड्न र आमूल परिबर्तनकारी बैकल्पिक शक्ति निर्माण गर्न रणनीतिक चरित्रको संयुक्त मोर्चा बनाएर अघि बढ्ने नेपाल कम्युनिपष्ट पार्टीका हालै बसेको केन्द्रिय सचिवालयको बैठकले निर्णय लिएको छ ।
बैठको प्रेस बिज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ : नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयको प्रेस बिज्ञप्ति नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सचिवालयको भर्च्यूअल बैठक राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक क. ऋषिराम कट्टेल को अध्यक्षता मा सह–संयोजक क. लोक नारायण सुबेदी, सचिावलय सदस्यहरु क्.. हरिदेब ज्ञवाली, क.. शरण बिक्रम मल्ल, क.भिम प्रसाद सेढाई, क.रत्नप्रसाद जोशी, क.रामदुलार महतो, क. राजेश बान्तबा, क. सीता सुबेदी, क. कृष्णहरि भट्ट, क.डा. मिश्री मण्डल र क..नरेश अमात्यको उपस्थितिमा सम्पन्न भएको छ ।
वैठकले गरेका निर्णयहरु यो प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ :
१. वैठकले देशको कम्युनिष्ट आन्दोलन मा विकास भएको विसर्जनवाद र त्यस विरुद्ध कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई पुनर्गठन गर्न पार्टीको तर्फवाट भइरहेको प्रयासको व्यापक रुपमा समिक्षा गर्यो र आज सम्म भएका प्रगतिहरु सकारात्मक रहेको निष्कर्स निकाल्यो । हालै पार्टीका संयोजक बाट क. विप्लव र क. किरण संगभएको संवाद र सहमतिलाई कार्यान्वयन मा लैजाने र अन्य केही घटकहरुसंग पनि संवाद अगाडी वढाउने वैठकले निर्णय गरेको छ । साथै बैठक ले मार्क्सबाद लेनिनवाद माओविचार वा माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, नयाँ जनवाद वा वैज्ञानिक समाजवाद लाई रणनीतिक कार्यक्रम मान्ने र वर्तमान राज्यसत्तालाई ध्वंस गरेर जनता को नया जनवादी गणतन्त्र स्थापना गर्ने कार्य दिशा लिएका कम्युनिष्ट पार्टीहरुसंग रणनीतिक चरित्रको संयुक्तमोर्चा निर्माण गर्न पार्टीको तर्फवाट भइरहेको विशेष पहल र बिद्यमान यथास्थितिवाद का बिरुद्ध रहेका अन्य बाम तथा प्रगतिशील राजनीतिक शक्तिहरु संग मुद्दाको अधारमा कार्यगत एकता कायमगर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सुनिश्चितताको लागि संयुक्त जनसंघर्ष को विकास गर्ने सन्दर्भमा भइरहेको प्रगति र थप सम्भावना बारेमा बैठकले सन्तोष ब्यक्त गरेको छ। जनता र राष्ट्रप्रति सार्थकरुपमा समर्पित यस्तो शक्ति निर्माणले मात्र देशमा ब्याप्त राजनीतक, आर्थिक, सामाजिक तथा संस्कृतिक बिकृति र बिसंगतिलाई चिरेर आमूलपरिबर्तनकारी उन्नत बिकल्प दिन सक्तछ भन्ने प्रष्ट निष्कर्श वैठकले निकालेको छ ।
२. चलिरहेको २२ दलको आन्दोलन लाई अझ ठोस र सशक्त तुल्याएर यसलाई राष्ट्रब्यापी बनाउन पर्ने कुरामा बैठकले जोड दिएको छ र यस सन्दर्भमा संलग्न सबै घटकहरुलाई यस दिसा मा थप अग्रसरता लिन आह्वान गरेको छ ।
३. कम्युनिष्ट नामको सत्ताधारी पार्टीको निरन्तर को आपसी किचलो, सत्ता लिप्सा र स्वार्थले देशमा जनताले लडेर ल्याएका सीमित उपलब्धिहरुको समेत रक्षा हुननसक्ने अवस्था सिर्जना हुन लागि रहेको छ । देश अन्यौल र अराजकता को भुँवरीमा धकेलिई रहेको छ र प्रतिगमनको बाछिटा पर्न लागेको छ। यसले के प्रष्ट पारि रहेको छ भने यो कम्युनिष्ट पार्टी होइन प्रतिक्रियावादमा पतन भइसकेको शक्ति हो । यसले देशको स्वधीनताको रक्षा र जनताको सम्बृद्धिको चाहना पुरा गर्न सक्दैन भनेर पार्टीले निकालेको निष्कर्श सही रहेछ भन्ने कुरा पनि आम जनतामा यसका क्रियाकलापले उजागर गरि रहेको बैठकले मूल्यांकन गरेको छ ।
४. देशमा ब्याप्त भ्रष्टाचार र कमिशन खोरीले देश र जनताको बजेट हिनामिना मात्र भइरहेको छैन, बिकास निर्माणका काम -हरु पनि बढी खर्चिलो र मागि खाने भाँडो भएको मूल्यांकन गर्दै बैठकले भ्रष्टाचार बिरुद्धको संघर्षलाई आन्दोलनको मूख्य मद्दा बनाई सशक्त आन्दोलनमा उत्रिन आमसचेत नागरिकहरु लाई पार्टीले आग्रह गरेको छ ।
५. सत्तासीनहरुका दिशाहीनता र अकर्मण्यताले देश आन्तरिक रुपमा यस्तो नाजुक स्थिति मा रहेको वेला नेपाल मा बाह्य शक्तिहरुको चलखेल बढेको छ र नेपाल बाह्य शक्तिकेन्द्रहरुकोे परेड मैदान बन्ने खतरा अझै बढेको छ । राष्ट्रिय स्वधीनताको रक्षाको प्रश्न अत्यन्त पेचिलो वन्दैगईरहेको छ । त्यसैले बैठकले देशको स्वधीनताका विरुद्ध भारत संग भएका सवै प्रकारका असमान सन्धिहरु खारेज गर्न, भारत ले अतिक्रमण गरेको नेपाली भूभागफिर्ता गर्न र अमेरीकी इन्डो प्यासिफिक रणनीति अन्तरगत आएको एमसीसी परियोजना खारेज गर्ने संघर्षलाई अझै उचाइमा उठाउन सवै देशभक्त नेपालीलाई वैठकले पुनः जोडदार आह्वान गरेको छ ।
६. बिश्वब्यापी महामारी कोरोना भाइरहस को रोकथाम र उपचार मा सरकार ले शुरु देखि नै देखाएको उदासीनता, लापरबाही र भ्रष्ट प्रबृत्ति प्रति बैठकले घोर बिरोध गर्दै यस सम्वन्धि सम्पूर्ण हिसाब किताको श्वेतपत्र जारी गर, कोरोनाका कारणले बेरोजगार बनेका सम्पूर्ण मजदुर र किसानहरुलाई कम्तिमा आगामी एक बर्षसम्मका लागि खाद्य सामाग्री लगायत जीवनयापन को लागि आवस्यक वस्तुको उचित ब्यबस्था गर, कोरोना लगायत सवै प्रकारका बिमारी भएका असक्त जनता को निः शुल्क उपचारको ब्यबस्था गर र बिमारी लाई नाफा कमाउने बस्तु को रुपमा ब्यवहार गर्ने अस्पतालहरु लाई कारबाही गर भन्ने जोडदार माग बैठकले गरेको छ ।
७. देशमा बढ्दो यौन हिसा बालिका, महिला तथा दलितहरु माथि को उत्पीडन दमन प्रति र खाशगरी पछिल्लो पटक महोत्तरीको बर्दिबाससमा भएको बालिका गुलाबसा खातुनको बलात्कार र हत्या प्रति बैठकले गम्भरि चिन्ता ब्यक्त गर्दै यस्ता यौन पिपासु हत्यारालाई कडा कारबाी गर्न, तिनका बिरुद्धको न्यायिक आन्दोलन लाई दमन तथा पीडित परिबारलाई पर्याप्त क्षतिपूर्ति दिन पनि सरकारसँग बेठकले जोडदार माग गरेकोछ।
८. सरकार ले लागु गरेको भनिएको धानको समर्थन मूल्य किसानहरुले नपाएको र त्योभन्दा धेरै न्यूय मूल्यमा कृषि उपज बेच्न किसान बाध्य भइरहेको, उखु किसानले अझै पनि उखुको मूल्य नपाइरहेको सन्दर्भमा तत्काल सरकारले तोकेको समर्थन मूल्य ठोस रुपमा लागु गराउन र उखु उत्पादक किसानहरुको हर्जाना र ब्याज सहीत तत्काल अशुल उपर गराउन पनि बैठक ले पुन जोडदार माग गरेको छ ।
९. हाल सालै केही प्रतिगामी तत्वहरु वाट गणतन्त्र, धर्म निरपेक्षता तथा संघीयताका विरुद्ध भइरहेका गतिविधिहरुले वैठको ध्यान गम्भिर रुपमा आकर्षण गरेकोछ । यस्ता प्रतिगामी हर्कतमा सरकारको मौनताप्रति पार्टीको वैठकले खेद प्रकट गरेको छ । नेपाल को कम्युनिष्ट आन्दोलन ले गणतन्त्र को स्थापनाको निम्ति झण्डै सातदशकदेखि संघर्ष गर्दै आइरहेको र हजारौ सपूतहरुले यसको निम्ति गरेको बलिदानलाई स्मरण गर्दै वैठकले जनताको वलिदानलाई कमजोर नठान्न र गणतन्त्र को रक्षाको निम्ति जनतालाई वल प्रयोगको वाटोमा लाग्न वाध्य नपार्न प्रतिगामीतत्वहरुलाई सचेत गराउने समेत निर्णय गरेकोछ ।
१०. वैकले पार्टी को कोरोना को कारण रोकिएको राष्ट्रिय सम्मेलन, वाग्मति प्रदेश समितिको जिम्वेवारी र अनेवियुको सम्मेलन आयोजक समितिमा परिवर्तन र माक्र्सवादी संगभए को एकता पछि वाँकिरहेको जनवर्गीय संगठनहरुको एकताको काम यथाशिघ्र टुङयाउने सम्वन्धमा पनि केही ठोस निर्णयहरु गरेको छ । क.ऋषिराम कट्टेलसंयोजक नेपाल कम्युनिष्ट पार्टी ।