नेपाल टेलिकम द्वारा शिक्षक र बिद्यार्थीलाई नि:शुल्क सिम

0
Quantam abroad studies

नेपाल टेलिकम ले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ ।

सिम मार्फत शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश पठाउन सकिन्छ । साथै समूहमा आबद्ध सबै विद्यार्थी र शिक्षक ले एकआपसमा असीमित कुराकानी गर्न समेत सुविधा रहेको छ । रु. ९९ बराबरको शुल्कमा कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले एक थान निःशुल्क पाठशाला सिमकार्ड लिन सक्नेछन् ।

sahani furniture udyog

कसरी सहभागी हुनेटेलिकमले ल्याएको ‘पाठशाला सियुजी सिम’योजनामा आबद्ध हुन कम्पनीको जिएसएम वा सिडिएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्दछ । विद्यार्थी र शिक्षकले चाहेमा पहिले देखि नै प्रयोग गरिएको प्रिपेड सिमकार्डलाई योजनामा आबद्ध गर्न सकिने जनाइएको छ । प्रिपेड सिमकार्ड नहुनेका लागि निःशुल्क रुपमा नयाँ प्रिपेड सिमकार्ड लिन सक्ने छन् ।

सिमकार्ड लिन शिक्षक तथा विद्यार्थीले कम्पनी ले निर्धारण गरेको प्रिपेड मोबाइल को आवेदन फाराम भरी सम्बन्धित सार्वजनिक विद्यालयमा बुझाउनुपर्नेछ । यसरी आवेदन फाराम को साथमा विद्यार्थीको परिचयपत्रको प्रतिलिपि, विद्यार्थीको नागरिकता को प्रतिलिपि वा नागरिकता नबने को भएमा अभिभावकको नागरिकताको प्रतिलिपि संलग्न गर्नुका साथै आवेदन फारामको निर्धारित स्थानमा एक प्रति फोटो टाँसिएको हुनुपर्नेछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा लिन सक्नेछन् ।

विद्यालयले उक्त योजनामा आबद्ध हुने सम्पूर्ण शिक्षक,विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नामसहित स्थानीय तहको सिफारिसका आधारमा नजिकको टेलिकम कार्यालयमा.सम्पर्क गरी सो वापत लाग्ने शुल्क भुक्तानी गर्नुपर्दछ । उक्त अवधि सकिए पनि नि : शुल्क रुपमा प्रयोग गरिएको सिम अन्य प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.