सप्तरीमा पीडित परिवारलाई सम्मान् र हौसला।

0
Quantam abroad studies

२३ मंसिर, सप्तरी ।

“पापीहरुले बलात्कार गरे, पञ्चहरुले आत्महत्या गर्न बाध्य पारे ।” सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगीता मण्डलको सामुहिक बलात्कार पछि कारवाही गर्न पञ्चहरुले नरोकेको भए,अस्मिताको मूल्य तोक्दै दुर्व्यवहार र अपमान नगरेको भए शायद संगीताले आत्महत्याको बाटो रोज्दिन थिइन् ।

संगीताकी आमा रधियादेबी मण्डलले सोमबार राजविराजस्थित दशन चोकमा आयोजित कार्यक्रम मा संगीता लाई न्याय दिलाउनुको साटो मृत्यु रोज्न गाउँलेहरु ले नै बाध्य पारेको बताइन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा भएको हिंसा पीडित परिवार लाई हौसला प्रदान कार्यक्रममा रधियाले घरखेतको काममा सघाउने छोरी संगीताको अस्मिताको मूल्य गाउँलेहरुले तोकेर अपमान गरेकाले नै उनले पासो लगाएर मृत्यु रोजेको दुखेसो पोखिन् ।

यसैगरी राजविराज १३ घर भई राजविराज २ मा बस्दै आएकी बिजयादेबी यादवले घरेलु हिंसाबाट वर्षौदेखि प्रताडित रहे पनि न्याय पाउने आशामा संघर्षबाट नथाकेको बताइन् । उनका श्रीमान सशस्त्र इन्स्पेक्टर रामचरण यादवले परित्याग गरी छोराछोरीलाई समेत भेंटघाट गर्न नदिएको यादवले गुनासो राखिन् । आम्दानी को स्रोत नभएको र सहमति बमोजिम पठाउनु पर्ने रकम लकडाउनको मौका छोपी आठ महिना देखि श्रीमानले नपठाएको बताउँदै यादवले अब आइन्दा कुटपिट नगर्ने भनी प्रहरी कार्यालयमा लिखित सहमति गरेपनि श्रीमान र जेठाजु बाट शारिरीक र मानसिक यातना भोग्दै आएको बताइन् । उनले प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय मा पटक – पटक उजुरी दिए पनि न्याय नपाएको बताइन् ।

sahani furniture udyog

हिंसा पीडितलाई हौसला प्रदान गर्ने कार्यक्रम बमोजिम मूल समारोह समितिले आयोजना गरेको ऊक्त कार्यत्रममा दहेज मुक्त मिथिला नेपालकी अध्यक्ष करुणा झाले मण्डल र यादव लाई दो सल्ला ओढाउँदै जनही नगद पाँच हजार प्रदान गरिन्। आँट, भरोसा र आशा दिने भन्दा धम्क्याउने बढी भएकोले एक्लो अनुभव गरिरहेका बेला प्राप्त सहयोग र सम्मान ले हौसला बढेको उनीहरुले बताए । कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेल, दहेज मुक्त मिथिलाकी अध्यक्ष झा, सहप्राध्यापक अशोक कुमार झा, मैथिली महिला परिषद्की पूर्व अध्यक्ष सुमित्रा दास, राजविराज जेसीजकी अध्यक्ष नानी मैया कटवालले हिंसा पीडितहरुलाई जिविको पार्जकको लागि मूल समारोह समितिले चाँडै योजना ल्याउने बताए ।

दहेज मुक्त मिथिलाको संयोजनमा भएको सो कार्यक्रममा हिंसा का विरुद्ध आवाज उठाउन र एक्लो महसुस नगर्न आग्रह गर्दै वक्ताहरुले न्यायका लागि आवाज उठाएमा नै अपराधीहरुलाई कारवाही गर्न सकिने बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.