उत्तम कुमार थापा ,बझाङ
पछिल्लो समय देश सँघिय सँग्रचनामा गएपछि,विकास निर्माणका कार्यहरु निरन्तर भएको छ ।
अहिले देशमा केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय तह गरि तीन तहका सरकार सञ्चालनमा अाएका छन । स्थानीय तहकाे निर्वाचन सम्पन्न भए पछि,कराेडाै बजेट गाउँघरमा अाएकाे छ । अहिले स्थानीय तहमा गाउँगाउँमा सडक सञ्जाल जाेडिएका छन । सरकारले सडक सञ्चालन गरे पनि पछिल्लो समय दुर्घटना पनि हुँदै अाएकाे पाईन्छ ।
स्थानीय तहहरुले अाफ्नाे मनपरि ढंगले सडक सञ्चालनमा ल्याउदा ठुलाे समस्या देखापरेको हाे । हाे विकास गर्नु पर्छ , तर अहिले मनपरि ढङ्गबाट सडक निर्माण भएको पाईन्छन भने कतिपय स्थानीय तहमा ईन्जिनियर विना नै सडक जाेडिएका छन । जसमाे स्टमेट डिपियार कुनै छैन अहिले तिनी सडकहरुमा दुर्घटना हुँदै अाएकाे एसपी बामदेव गाैतमले बताए ।
एसपी गाैतमका अनुसार पुर्वका दिनहरु भन्दा अहिले दुर्घटना न्युनिकरण हुँदै अाएकाे बताउदै,अहिले अाफु सुदुरपश्चिम प्रदेशकाे प्रमुख भएको हुदा अहिले पत्यक जिल्लामा स्थायी जिल्ला ट्राफिक कार्यालय बनाएको र अवकाे पाटाे भवन निर्माण तिर जाने उनको भनाइ छ । गाैतमका अनुसार पहिला २/४ जनाले जिल्लामा बसेर काम चलाउनु पर्ने भएको हुदा अहिले जिल्लामा ९ जना भन्दा बढी ट्राफिक खटाएको र धेरै स्थानीय तहमा ग्रामीण सडक हरु निर्माण भएको हुदा अलि गार्हो हुँदै अाएकाे पनि सुईकार गर्नु भयाे , एसपी गाैतमले हामी सँग कुरा गर्दै भने,दुर्घटना हुनुकाे मुख्य कारण भने माेडहरु र चालकको लापरबाही कहिलेकाही प्राविधिक मिष्टिकले पनि हुने गरेकाे हुदा सबैलाई सचेत रहन अनुराेध गर्दै ट्राफिक प्रहरी निरन्तर लागि परेकाे बताए ।