सगरमाथाको नयाँ उचाई सार्वजनिक, ८६ सेन्टीमिटरको वृद्धि

0
Quantam abroad studies

काठमाडौं, मंसिर २३,
भुकम्प का कारण सर्वोच्च शिखर सगरमाथाको उचाई घटेको अनुमान गरिरहेका बेला सगरमाथा ८६ सेन्टी मिटर ले बढेको छ।

सगरमाथामा को हाल सम्म को ८८४८ मिटर उचाई रहेको भए पनि अब भने नयाँ उचाई ८८४८.८६ मिटर पुगेको नापी विभाग मा आयोजित पत्रका र सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरेका छन् ।

sahani furniture udyog

मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लाई स्वीकृति दिएपछि आज सर्बोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा भएको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो । उक्त सहमति पश्चात दुबै देशको सयुक्त प्राबिधिक टोलि ले सगरमाथा को उचाई नापेका थिए ।

हाल सम्म कायम रहेको सगरमाथाको उचाई सर्वे अफ इण्डिया ले सन् १९५४ मा मापन गरेको थियो भने अब सगरमाथाको नयाँ उचाई लागू हुनेछ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.