झुठो मुद्दा लगाइ सिद्धबाबा को चरित्र हत्या गर्नेलाइ कारबाही गर्न माग

0
Quantam abroad studies

मंसिर २३
काठमाडौं – सिद्धबाबा को चरित्र हत्या गर्नेलाई कडा कारवाही गर्न बिश्व हिन्दु परिषद ले माग गरेको छ।

पृज्य सन्त रामकुण्णाचार्य श्री वैण्णव कृण्ण दास सिद्धाबाबा लाई सुनसरी जिल्ला अदालत ले जबर्जस्ती कारणी मुद्दामा सफाई दिए पश्चात बिश्व हिन्दु परिषद नेपाल को केन्द्रिय तहले प्रेस बिज्ञयप्ति जारी गरि सिद्धबाबा को चरीत्र हत्या गर्ने माथि कारबाही को माग गरेको छ । गलत मनसाय राखी पृज्य सन्त माथि जबरजस्ती करणी जस्ता गम्भिर आरोप लगाउने निन्दनीय एव दण्डनीय विषय भएको बताउदै हिन्दु साधु सन्तहरु माथि श्रंखलाबद्ध रुपमा आक्रमण हुदै आएको अवस्थामा समेत प्रशासनले कुनै एक फर्जी उजुरीको आधारमा कारवाही थाल्नु प्रशासन माथि नै प्रश्न चिन्ह खडा गरेको उक्त बिज्ञयप्तिमा उल्लेख गरिएको छ ।

उक्त बिज्ञयप्ति मार्फत हिन्दू आस्था एवं साधुसन्तको मर्यादको खयाल नै नगरी , उजरीकर्ताको सत्यता परिक्षण नै नगरीकन प्रशासनले पूज्य सन्त बिरुद्ध कारवाही गर्नु शंकास्पद रहेको आरोप लगाउदै सम्मानित अदालतले ‘जबरजस्ती करणीको कसुरमा सजाय हुनपर्ने भन्ने अभियोग दावी पुग्न नसक्ने हुँदा प्रतिबादी सिद्वाबाबा ले आरोपित कसुर बाट सफाई पाउने ‘ भनि निर्णय गरि अदालत ले सफाइ दिए पश्चात सिद्धबाबा को चरीत्र हत्या गर्ने उद्देश्यले आरोप लगाउने माथि कारबाही गर्न बिश्व हिन्दु परिषद नेपाल ले सरकार संग माग गरेको हो।

sahani furniture udyog

प्रशासन को लापरवाही एवं अकर्मन्यताका कारण पूज्य सन्त ले विभिन्न किसिमको दुख , कष्टको सामना गर्नु पर्यो भने बहुसंख्यक हिन्दूहरु को देशमा समेत साधुसन्त माथि यस किसिम को षडयन्त्र एवं दुरब्यवहार हुनु चिन्ताजनक विषय रहेको बताउदै परिषद ले प्रशासन को कडा शब्दमा निन्दा गरेको छ ।

परिषदका केन्द्रिय महासचिव जितेन्द्र कुमार सिंह द्वारा हस्ताक्षरित बिज्ञयप्तिमा हिन्दू आस्था एवं पुज्य सन्त रामकृष्णा चार्य श्री वैण्णव कृण्ण दास ( सिद्धबाबा ) को चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दै अब उपरान्त हिन्दू साधु सन्तहरु को मर्यादा एवं हिन्दु जनमानसको आस्थाको ख्याल गर्दै सत्यतथ्य पुष्टि पश्चात मात्र कारवाही थाल्न सरकार समक्ष विश्व हिन्द्र परिषद नेपाल ले आग्रह गरेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.