संविधान प्रति दुर्व्यवहार हुँदा आम आदमी पार्टी मौन किन : कालो दिन मनाउने हामी मधेशी पार्टी ले सांसद विगठन विरोध गर्नुको अर्थ छैन

0
Quantam abroad studies

✍️राज सिंह यादव , केन्द्रिय सदस्य –

माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू र माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीले संसद विगठन गरेपछि देशमा विरोध को लहरा चलेको छ । यो विरोध संसद विगठनको लागि मात्र नभएर आगामी चुनावमा जन यो भ्रष्टचारी नेताहरुको आफ्नो नकारात्मक छवि सकारात्मक बनाउने तरिका मात्रै हो । यति वर्षमा यी नेताहरुले जनतालाई धेरै सपनाहरु देखाए र जनताले देखें पनि त्यो सपना पूरा हुने चाहनाले यसपालि जनताले नेकपालाई २/३को सरकार बनाउन सहयोग गरे तर अहिले सम्म नेकपाले भनेको कामहरू मध्य एउटा पनि राम्रो ढंगले पूरा भएको छैन र अहिले यो सांसद विगठन पछि नेताहरुलाई जनता सामु आउने एउटा बाटो बनेको छ र आगामी चुनावमा यो विरोधलाई जनता आगाडि एउटा वाहन को रूपमा मात्र बनाइएको छ ।

जनतालाई गाह्रो भएर बाटोमा आउँदा प्रचण्ड, माधव, शेर बहादुर देउवा ,उपेन्द्र , बाबुराम , लगायत आदि नेताहरु घर र संसद भवन मै बस्ने र आफूलाई गाह्रो परे पछि सडकमा उत्रिने यस्तोलाई स्वार्थी भन्ने हो नेता होइन ।

sahani furniture udyog

रह्यो कुरा हाम्रो पार्टी विरोध किन गरेको छैन जब हामी मधेशीले यो संविधान अप्नाएकै छैन भने यो विरोध गर्नुको के अर्थअसार तीन कालो दिन भनेको हामीले विरोध गरेर जनताको आँखा छोप्न काम मात्र किन गर्ने। जसापा ले कालो दिन पनि मनाउँछ विगठनको विरोध पनि गर्छ भने यो जनतालाई ठग्ने काम मात्र हो र मधेशी जनताले यसलाई बुझ्नु पर्ने कुरा हो । हामीले विरोध गर्न धेरै मुद्दाहरु छन संविधान विरुद्धको मुद्दा, मधेश मुद्दा , पढाई मुद्दा , भ्रषटाचार विरुद्धको मुद्दा आदि धेरै मुद्दा छन् तर अहिले विरोध गर्ने भनेको चुनाव हुँदा ३० अर्ब पैसा खर्च नहोस् भन्ने कुरामा हो ।

जनतालाई दुःख दिनु भन्दा सुख कसरी दिने भन्ने कुरामा राजनीति गर्नु पर्दछ आफ्नो स्वार्थ पुरा गर्न होइन ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.