जनता आवास कार्यक्रममा बिचौलियाको रजाइँ

0
Quantam abroad studies

कपिलवस्तु , पुस १५
जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेका घरमा मापदण्ड अनुसार को इट प्रयोग भएको छैन। वार्ड नं ६ को भिल्मी गाँउमा ७ वटा घर र कर्मा गाउँमा २ वटागरी कुल ९ वटा घर निर्माण भईरहेको छ । घर निर्माण कार्य नै नियम बिपरीत भईरहेको छ । नियम अनुसार घर निर्माण हुन लागेको ९ जनाको उपभोक्ता समितिले उक्त निर्माण कार्य गर्ने भए पनि वार्ड नं ६ मा यस्तो छैन।

त्यहाँ बिचौलियले फाइदा उठाई रहेका छन । बिचौलियले घर निर्माणमा स्टीमेट बिपरीत कार्य गरेको देखिएको छ। स्टीमेटमा एक नंबर ईटा रहे पनि बिचोलियले तेस्रो नंबरको कम्सल ईट प्रयोग गर्दै आएको छ। एक जना ( घर निर्माण हुने ब्याक्ती ) अनुसार इँटा खासलदा हामीले तेस्रो नम्बर को इटा अस्वीकार गरेका थियौ । इटा ठीक छैन भन्दा पनि राजकुमार ले भन्छन की जगमा ( बुनियाद ) यहीँब इटाबाट रहनेछ । पर्खालमा एक नंबर इट प्रयोग गर्दछौ। उनले भने हामीलाई स्टीमेटमा के के रहेको छ भने कुरा पनि थाहा छैन। त्यही भएर चुप लागेर बसेका छौं । हामीले सोचे कि आवाज उठाए पछि कहिँ निर्माण कार्य रोक्ने त होईन ? भने हाम्रो परिवार सहित खुला आकाश मुनि बस्न बाध्य हुने छन। त्यही भएर बिरोध गरेनौं ।

sahani furniture udyog

शहरी बिकास तथा भवन कार्यलय अनुसार एक घर बराबर ३ लाख ३६ हजार रहेको छ र १०प्रतिसत श्रमदान पनि रहेको छ। निर्माण कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग भए पछि ति निमुखा गरीब निराश भएका छन। घर कति बर्ष सम्म टिकला बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिए को छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.