

- लोकनारायण सुबेदी
- बितेका बर्षका अनेक बोझहरुको भारी नयाँ बर्षले पनि बोकेर हिड्नु पर्ने बाध्यता सिर्जना भएको छ । कोरोना महामारीको महापीर थपिदो छ ।अर्थतन्त्र डामाडोल छ । यसले कति परसम्म पिर्ने हो यकिन छैन । देशको राजनीतिले देश र जनताको सेवा होइन तिनको दोहन गरेर हामी नेपालीहरुलाई जिल्लाराम र खिन्न पारिहरेको छ। मानिसहरुमा यसप्रति ठूलो बितृष्णा र ब्या मोह छ।
- तर यस बाट निस्कने बोटोको पनि खोजी हुँदो छ । हुनु नै पर्छ । यस परिप्रेक्षमा जर्जियन क्यालेण्डर अनुसार भोली देखि अन्तर्राष्ट्रिय नया बर्ष २०२१ शुरु हुदैछ । नब बर्ष मनाउने र यसको स्वागत गर्ने पनि आफ्ना आफ्नै तरीकाहरु छन् । कतिपय मानिसले भन्छन् प्रत्येक पल उत्सवका रुपमा बाच्नु नै नब बर्षको स्वागत हो । यस बिचार अनुसार कुनै पनि उत्सवले मानिस भित्रको प्रसन्नतालाई प्रकट गरिदिन्छ ।
- अनि नब बर्षोत्सवले आ–आफ्नो धर्तीको सुगन्ध सँग मानिसहरुलाई जोडिदिन्छ । वास्तवमा सत्यनिष्ठ मानिसको हृदय यति उदार हुन्छ कि ’बसुधैव कुटुम्बकम ’(अर्थात् बिश्व लाई नै आफ्नो घर ठान्ने मान्यता ) लाई आत्मसात गर्दै आफ्नो स्थानीय पात्रोका साथ साथै बिश्व–पात्रोसँग हरेकले आपुृलाई कुनै द्विबिधाबिना सम्वन्धित तुल्याउन र जोड्न पुग्दछन् ।बितेको बर्षको बिदाई र नब बर्षको पदचापको अमूर्तनताले एउटा यस्तो मौन सञ्जाल खडा गरिदिन्छ त्यसले मानिसको सोचको सिर्जनालाई अझ बढी पुष्पित पल्लबित तुल्याउन मद्दत गर्दछ। फलतः मानिसका स्वरहरु आत्मझंकृतिको यो समयको संरचनामै निर्माण हुन थाल्द छन् र यसरी नयाँ अनुभूति गराउँदछन्। वास्तवमा बाहिरका सारा दृष्यहरु भित्रको अँध्यारोमा सूर्य समान जलिरहेका हुन्छन् । पटक पटक हामी बिगत समय या बर्षलाई सानो या सरल किसिमले बुझने गर्दछौं। तर पछिबाट थाहा हुन्छ कि त्यो हाम्रो अज्ञानता थियो। बितेको बर्ष पनि आफ्नो अस्तित्वमा सम्पूर्ण नै थियो, सम्पूर्णनै हुन्छ र त्यसलाई त्यही समुच्चयमा नै बुझनु पर्दछ । नब बर्षएक किसिमको सुन्दर फूल हो जसमा भबिष्यको बीज देख्न सकिन्छ। हाम्रो समय अनुहारको ज्योति , आँखाको आभा रेखाचित्रहरुको सरलता को प्रकाशलाई नब बर्षको द्वारमा देखिन्छ जतिबेला मनिस ले त्यसलाई हेर्न चाहन्छ र सम्भावना पनि हुन्छ । समयको सिढीको रेखाचित्र वास्तवमा सरलतामा जटीलताको अर्को रुप हो। अगाडिको जटीलता या सश्लिष्टतालाई बुझनका लागि समकालको गठनको परिप्रेक्षलाई बुझनुपर्ने हुन्छ। मानुषिक दीप्तिको तटबन्ध भएर समय या परम्पराको नदी नब बर्षका रुपमा अबिराम गतिले बगेर गइरहेको हुन्छ । बस, गोधुलीको सघन छाँया बाट बढ्दै गएको अन्धकार तथा बितेको समयको गति पथलाई पहिचान गर्नु आवश्यक हुन्छ ।
- त्यसैले, अवश्य पनि बिश्वका नयाँ शताब्दीका चूनौतिहरु को सामना गर्न सकिन्छ । किनभने मानिस प्रति प्रवाहमा पनि त्यही खडा भएर रहन सक्तछ पुनर्परीक्षण गर्न सक्तछ र भबिष्यको भाव भंङ्गीमालाई रुपाकार दिन सक्तछ। यो खडा रहने र हिड्ने बीचको द्वन्द हो। यो द्वन्द्व अबिरल चलिरहन्छ । अर्थात यो द्वन्द्वत्मक छ । नयाँ बर्ष मानिसको कला –स्मृतिलाई उत्कीर्ण गर्ने साधन पनि हो। जडता तोड्नु नै नया समयको अर्को नाम पनि हो। जसमा दमित, निष्प्रेषित ,अत्याचारित , हाहाकार भरिएका आर्तनाद र बन्दी स्थितिलाई चूनौतिहरु दिनसक्ने शक्ति हुन्छ त्यो नै सही अर्थमा नब बर्ष हो। नबबर्षको ब्यक्तिनिष्ठ सामाजिकता भबिष्य हो – ब्यक्ति र देशको भबिष्य । समाज र बिश्वको भबिष्य । वास्तवमा आजको समयका यिनै तानाबाना बाट हाम्रो ( मानिसको ) जीवन निर्मित छ।एक एक क्षण महत्वपूर्ण छ । प्रत्येक क्षण हाम्रो गतिको क्षण होस्, स्थिति को क्षण होस्।यसैले हामी मानिसलाई समूहबाची बनाउँदछ ।
- हामीलाई जोडिदिन्छ । आजको बिश्वको इतिहास सबै ‘हामी’ बन्नका लागि हो । हुनु पर्दछ । वास्तवमा प्रत्येक पल पल उत्सव जस्तै जीवन बाच्नु नै नब बर्षको स्वागत हो। हुन पनि उत्सव साँच्चै उत्सव हो भने त्यसले हामीलाई भित्रै देखि प्रफुल्लित बनाउँदछ , जगाउँदछ । नब बर्षले पनि हामीलाई आफ्नो धरतीको सुगन्धसँग जोडिदिन्छ।हाम्रो हृदय यत्तिको उदार छ कि बिश्व को पात्रोलाई हामी आफ्नो माटो सँग सम्वन्धन गर्दछौं । त्यसैले कोही पराई छैन किन कि हामी पृथ्वीलाई नै घर मान्दछौं। बितेको बर्षो बिदाई तथा नब बर्षो पदचापको अमूर्तनताले एउटा यस्तो शुनसान मौनत खडा गरिदिन्छ त्यसमा हाम्रो सोचका सिर्जना पुष्पित पल्लबित भएर उठ्छ । त्यसले हाम्रो स्वरको आत्मालाई झंकृत तुल्याइदिन्छ । आजको बिश्वमा आएका सूचनाहरुको महाबाढीले निश्चय नै हामी कतै हराएका जस्तै भएका छौ । कथित खुल्लापना को स्वागतमा कतिपय बेला वेभसाइटहरुको स्तरहीन भाषा,एक अर्काप्रति हिलो छयापाछयाप, राजनीतिक समुदायका अन्य बर्गको तुलनामा महाबलिष्ठ बन्दै जानु, सञ्चार माध्यहरु प्रायः कला, साहित्यरहीत बन्दै जानु, बिपन्नप्रति पनि असहाय स्थिति आदि हाम्रो समकालीन कुरा बन्दै गइरहेको प्रतीत हुन्छ । आडम्बरी (मुखुण्डोको बढदो महत्वले मानिसलाई दोहोर जीवन जिउन प्रेरित गरिरहेको देखिन्छ । यसले ब्यक्ति स्वयमलाई बिभाजित गरिदिएको छ । यसमा दृष्टि हराउँदछ र त्यहाँ सपना, जीवन, बेदना, मृत्यु सबै पराई हुन थाल्दछन् । अर्थात् समय पनि कपुर उडेजस्तै चिप्लिन्छ गत बिगत बर्षका रुपमा । बिश्वमा आज पनि समाजका अत्यधिक मानिसहरुको तल्लो बर्गका बिभिन्न तप्काहरुमा बिषादको छाया परेको छ । जसले असीम दुःख, निस्तरंगा सागर जस्तै जुन कति गहिरो, कति अन्धकार, कति पर्वत गुफा अदि लाई आफ्नो पेटमा समेटेको छ, बाहिर त केवल समय को स्वप्न आाभाष मात्र देखिने गर्दछ । नब बर्षमा आफुलाई ल्याउनु मर्म, आशा, भरोसा तथा सही प्रकाश दिनु हो ।

आखिर कसैले पनि कालखण्डको गर्भको तितीर्षा देख्नु त हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका बर्षहरुमा अन्धकार,हत्याहरु,मानबद्वेषी अमानबीय र प्राकृतिक घटनाहरुले जुन हस्ताक्षर गरेका छन् त्यो केवल एउटा पक्ष हो । भाविष्यको मागको रुपायन पनि बिचार तथा साहित्यको काम हो ।
