कपिलवस्तु काे चार नम्बरमा कपडा बैंक काे शुभारम्भ

0
Quantam abroad studies

हरि आचार्य कपिलवस्तु, पुष १६

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा कपडा बैंकको शुभारम्भ गरिएको छ । युथ युनिटि वेलफेयर एसोसियसन ‘युवा’ कपिलवस्तुले जिल्लामै पहिलो पटक सुरु गरेको कपडा बैंकको चार नम्बर जितपुरमा पनि स्थापना गरिएको हो । बढ्दो चिसो बढे संगै राष्ट्रका लागि युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले कपडा बैंक स्थापना गरेको हो ।

हुनेले दिएर जाऔँ, नहुनुले लिएर जाऔँ भन्ने मुल नाराका साथ आर्थिक रुपमा विपन्न परिवारलाई जाडोबाट बचाउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको युवाका संयोजक लक्ष्मण सापकोटा ले जानकारी दिए । चिसो बढेसंगै जाडोमा शरिर समेत ढाक्न नसक्ने गरिव परिवारलाई शरिर ढाक्ने एक जोर कपडा भएपनि प्रदान गरी उनीहरुको घाउमा मलम लगाउने लक्ष्यका साथ सुरु गर्न लागिएको अभियानमा ईच्छुक संघ संस्था वा व्यक्तिलाई पनि समावेश गराईनेछ । खासगरी प्रयोग गर्न मिल्ने खालका कपडा सफा गरि विपन्नलाई प्रदान गर्ने, प्रयोग गर्न नमिल्ने कपडालाई कपास उद्योगमा लगि सिरक, डसना बनाई वितरण गरिने अभियानको थालनि गरेको संस्था युवा कपिलवस्तुले जनाएको छ ।

चार नम्बर जितपुरमा शुभारम्भ गरिएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश गुरुङ्ले यो जाडोमा यहाँका युवाहरुको सक्रियता निकै उदाहरणिय रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ईन्स्पेक्टर गुरुङले मध्यम वर्गका मानिसलाई भन्दा निम्न वर्गका परिवारलाई यो जाडोमा जिवन कष्टकर रहेकाले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

sahani furniture udyog

त्यस्तै संस्थाका संयोजक लक्ष्मण सापकोटाले संस्थाले गरेका कार्यहरुको बारेमा जानकारी गराउदै आगामि दिनका कार्यक्रम को बारेमा स्पष्ट पारेका थिए। कार्यक्रमका अध्यक्ष समेत रहेका संयोजक सापकोटा ले कपिलवस्तु जिल्ला मात्रै नभएर झापा, धनकुटा र सिराहामा पनि कार्यक्रम सञ्चालन गर्नका लागि टोलि गईसकेको र अर्घाखाँची र बाजुरामा पनि सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले आवश्यक परे देशका ७७ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरिने बताए । त्यस्तै युवा चन्द्रकान्त पोख्रेल , सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्री ले मन्तब्य राख्दै युवाहरुको यो मानविय कार्यका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

वास्तविक विपन्न वर्गका लागि संचालन गरिएको यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढिरहेको संस्थाका सहसंयोजक असिम भट्राई ले बताए । कार्यक्रममा युवा कोपिला गरिको स्वागत मन्तब्य तथा सरोज घिमिरेको सञ्चालन रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.