पृथ्वीनारायण शाहका बारेमा के भन्नु हुन्छ कमरेड पुष्पलाल —लोकनारायण सुवेदी

0
Quantam abroad studies

नेपालमा कम्युनिष्ट आन्दोलनलाई जन्म दिने र नेतृत्व गर्ने कामरेड पुष्पलाल समाजबिकासका घटनाक्रमहरुको बिश्लेषण र मूल्यांकन गर्दा कम्युनिष्टहरुले बैज्ञनिक, बस्तुगत र तर्कपूर्ण आधारमा गर्नु पर्दछ भन्ने प्रष्ट माक्र्सवादी मान्यता राख्नुहुन्थ्यो । समाज बिकासका बिभिन्न चरण उपचरणहरुमा माक्र्सवाद लाई बुझ्न र त्यसको रचनात्मकरुपमा प्रयोग गर्न कुशल पुष्पलाल नेपाल कसरी बन्यो भन्ने सन्दर्भमा नेपाली जन आन्दोलन ः एक समीक्षा नामक कृतिमा भन्नु हुन्छ ः ‘‘ हाम्रो इतिहासले हामीलाई बताउँदछ कि हाम्रो समाज आदिम साम्यवादी समाज वाट शुरु भई आज अर्ध सामन्ती समाजको स्थितिबाट गुज्रिरहेको छ ।

हाम्रो समाजमा जुन परिवर्तन शुरुदेखि हुदै आइरहेको छ त्यस को मूख्य कारण कुनै अलौकिक महापुरुष , ऋषिमुनी,राजा महाराजा , सेनापति अथवा कुनै नेता नभई हाम्रो देशको सामाजिक बिषमताबाट उत्पन्न भएका बिभिन्न बर्गहरुको संघर्ष नै हो । जनताको यसै संघर्षलाई हामीले नियालेर हेर्नुपर्छ। यसको निमित्त नेपालको इतिहासको पुनः ब्याख्या अर्थात् पुनः खोज हुनु आवश्यक छ।अहिले हाम्रो बिषय सो नभई बिशेषरुप ले आधुनिक जन आन्दोलनको समीक्षा भएको हुँदा त्यसै परिधिभित्र बसी यो समीक्षा गरिने छ । यसरी नेपाली समाजको बिकासक्रम बारे स्पष्ट पार्दै क. पुष्पलाल थप लेख्नुहुन्छ ‘‘मानदेव प्रथमको पाला बाट एक केन्द्रिय सत्ता कायम गर्ने प्रकृया सकृयरुपमा चालु भएको हो । त्यसको पराकाष्ठा गोर्खा का सामन्ती सरदार पृथ्वीनारायण शाहको नेतृत्वमा सन् १७४३ मा नुबाकोटको हमला बाट शुरु भई सन् १७६९ मा काठमाण्डौ उपत्यकाको बिजयपछि अन्य राज्यहरुको साँध मासी आजको साँध कायम गर्न अर्को ४५ बर्ष लाग्यो । आजको साँध पूर्वमा मेची, पश्चिममा महाँकाली उत्तरमा रसुवा र दक्षिणमा रक्सौल हुन आएको छ ।

नेपालमा मातृसत्तात्मक समाजको अस्त र पितृ सत्तात्मक समाजको उदय पछि काठमाण्डौ उपत्यकामा टोले तथा ग्रामीण राजा र पश्चिममा भूरे टाकुरे पितृसत्तात्मक इलाकीय सामाजिक इकाईहरु मासिएर तिनको ठाउँ बाइसे , चौबिसे सामन्ती राज्य समूह ले लिए । पूर्व लिम्बुआनतिर सामन्ती राज्यको अन्तरगत एकत्रित भएका एघार राज्य–समूहहरुले सामन्ती स्वरुपको साटो कबिला गणतन्त्रीय समाजको गुणलाई बढी मात्रामा कायम गरेका थिए । यहाँ हामीलाई यो प्रष्ट हुुन पर्दछ कि काठमाण्डौ उपत्यकाका तीन र पश्चिमका बाइसे, चौबिसे राज्य समूहहरुको उदयभन्दा पहिलेका भूरे, टाकुरे तथा टोले र ग्रामीण राज्यहरु भन्ने जो आज देशको जन जिब्रोमा छन् , तिनीहरु वास्तवमा सामन्ती राज्य नभई पितृसत्तात्मक इलाकीय इकाई मात्र हुन् । यी इकाईहरु पछि गई सामन्ती राज्यसमूहमा परिणत भए ।’’

आजको यो साँध कायम गर्नका निमित्त नेपालमा सबै गरी ७१ बर्षको संघर्ष भएको छ । यस संघर्षलाई हामीले बिभिन्न राजा रजौटा अथवा सामन्ती सरदारहरुको बिचको संघर्षकोरुपमा मात्र लिनु , जसरी आजसम्मका इतिहासकारहरुले पेश गर्दैछन्, गलत हुनेछ । यसको निमित्त हामीले त्यस बखतको वास्तविक सामाजिक स्थितिको खोजी गर्नु पर्छ । अनि हामीले वास्तविक रुपमा समाज बिकासमा जनता द्वारा खेलिएको भूमिका पत्ता लगाउन सक्तछौं । जन आन्दोलनको वास्तविक इतिहास त्यही हो ।’’‘
त्यसबेलाको सामाजिक स्थितिको बारेमा संक्षेपमा प्रष्ट पार्दै उहाँले त्यस कृतिमा लेख्नु भएको छ । ‘‘चार राज्य समूहममध्ये सबभन्दा पहिले काठमाण्डौ उपत्यकामा ब्यक्तिगत सम्पत्तिको उत्पत्ति हुन गयो । बन्द ब्यापारको केन्द्र त्यही भयो । सामन्ती राजतन्त्रको बिकास पनि त्यही भयो ।

यसको असर पछि क्रमशः पश्चिम नेपालमा पनि फैलिन थाल्यो । तेह शताब्दीसम्ममा पश्चिममा पनि कबिला समाजको हस भई राजतन्त्रको बिकास भयो । अठारौ शताब्दीतिर आई त्यस इलाकामा पनि जमिनमा ब्यक्तिगत सम्पत्ति देखिनको साथै चीन र भारत सँग बन्दब्यापार गरी लाभान्बित हुने एक बर्ग देखिन थाल्यो । पूर्व नेपालमा बिराँती कबिला समाजमा ब्यापार का केन्द्रहरु देखिए तापनि जमिनमा ब्यक्तिगत सम्पत्ति उत्तिसारो देखापर्न आएको थिएन । अठारौं शताब्दीको पूर्वाद्र्ध कालसम्ममा अर्थात् पृथ्वीनारायण शाहको नुबाकोट हमलाको समय सम्ममा नेपालका चार राज्य समूहमा एकातिर बिभिन्न इलाकीय राजतन्त्र, भाइभारदार तथा सरदारसहीत देखापर्दछन् भने अर्कोतिर साहु महाजन मध्यम बर्गीय जनता ।

यस्तो सामाजिक स्थितिमा नेपालमा इलाकीयरुपमा सामन्ती राजा रजौटा तथा सरदारहरुका राज्यको बीचको आपसी प्रतिस्पद्र्धाका निमित्त हुने संघर्षले गर्दा उद्योग, बन्दब्यापार, खेतीपानती आदिलाई नोक्सान पुगेको हुनाले त्यस बखतको इलाकीय सामन्ती राज्य को ब्यवस्था बाट नेपालका बिभिन्न इलाकीय राज्यमा बिभक्त भइ बसेका भूमिपति, उद्योगपति, बन्दब्यापारी , बिभिन्न तहका किसान तथा मध्यमबर्गीय जनता असन्तुष्ट थिए।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.