वीरगंज, पुष २६, राकेश साह
नेकपाको पोखरीया नगर स्तरिय भेला आज पोखरीया मा सम्पन्न भएको छ । नेकपा पोखरीया नगर अध्यक्ष एवं केन्द्रिय सदस्य प्रद्युम्न चौहानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा अध्यक्ष प्रभु हजराले प्रचण्ड माधव समुहका कारण देश अस्थिरता तर्फ गएको दावी गर्नु भयो । कार्यक्रम का प्रमुख अतिथी समेत रहेका हजरा ले प्रधानमन्त्री ओली को लोकप्रियता देखेर आफनै पार्टी बाट षडयन्त्र भएको बताउनुभयो ।
उहाँले देश लाई जोगाउन प्रधानन्त्री ओलीले सदन बिघटन गरेको दावी समेत गर्नुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ता ले प्रचण्ड माधव समुहले पद, पावर र पैसाको लागि नेकपा लाई बिभाजन गरेको दावी गर्नुभयो । उहाँले आफनो स्वार्थ पुरा गर्न दुई तिहाईको सरकारलाई असफल बनाउन प्रचण्ड माधव समुहले षडयन्त्र गरेको दावी गर्नुभयो ।
लोकतन्त्रको रक्षाको लागि निर्वाचन आवश्यक रहेको बताउदै गुप्ताले अगामी बैशाखमा हुने निर्वाचनमा भाग लिन समेत कार्यकर्ताहरुलाई निर्देश दिनुभयो । नेता गुप्ताले ओली सरकार का कारण देशमा बिकाशको लहर आएको बताउनुभयो । गुप्ता ले तराई, पहाड र हिमाल चारै तिर अहिले बिकाश निर्माणको कार्यले गति लिएको बताउदै नेपालको ईतिहासमा प्रधानमन्त्री ओलीज त अरु कोई प्रधानमन्त्री सफल नभएको दावी समेत गर्नुभयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताले प्रचण्डको निजी स्वार्थका कारण पार्टी बिभाजन भएको आरोप लगाउनुभयो । उहाँले महान जनयुद्ध बाट प्राप्त उपलब्धीलाई पनि प्रचण्डले स्वार्थका कारण बचाउन नसकेको दावी गर्नुभयो । उहाँले देशमा प्रधानमन्त्री ओलीको बिकल्प नरहेको समते ठोकुवा गर्नुभयो । काँग्रेस र मधेशवादी हरु अवसरवादी भएको बताउदै अगामी चुनावमा त्यस्ता पार्टी लाई तह लगाउनु पर्ने कुरामा नेता गुप्ताले जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस र जसपा पार्टी परित्याग गरि राजेश रौनियार, राज किसोर कुर्मी, मनिर आलम लगायत ३० जना नेता कार्यकर्ताहरु नेकपा मा प्रवेश गरेका छन् । नव प्रवेशी नेताहरुलाई पार्टी अध्यक्ष प्रभु हजरा, केन्द्रिय सदस्य राजकुमार गुप्ता लगायतका नेताहरुले फुलमाला र अबिर लगाई स्वागत गर्नुभएको थियो।
कार्यक्रमा संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य जयप्रकाश थारु, निर्मला देवकोटा, प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद, छिपहमाई गाँउपालिकाको प्रमुख मनोज गुप्ता, नेकपा नेता राज देव दास, बिन्ध्याँचल ठाकुर, जोगिन्द्र साह, शम्भु पाल, हनिफ अंसारी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं जिल्ला कमिटी सदस्य श्याम बन्जारा लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य बिना शर्मा, जिल्ला कमिटी सदस्य अनुप तिवारी, श्याम गुप्ता, युवा नेता यशवन्त यादव, अकलेश साह संतोष पासवान लगायत को उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य प्रमोद गिरीले गरेका थिए भने सहजीकरण नगर कमिटी सदस्य दिनेश चौहानले गरेका थिए। असअघि कार्यक्रम शुरु हुनु अघि नेकपाका नेता कार्यकर्ताहरु ले पोखरीया बजार समेत परिक्रमा गरेक थिए ।