प्रहरीद्वारा स्राेत नखुलेकाे लगभग २३ लाख नगदसहित युवा नियन्त्रणमा

0
Quantam abroad studies

कपिलवस्तु ,असाेज १७
कपिलवस्तु प्रहरीले स्राेत नखुलेकाे लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेकाे छ ।

दिउसाे २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पाैडेकसहितकाे टाेलीले वडा २ अवस्थित बसपार्कमा शंकास्पद कालाे झाेला देखिएपछि चेकजाँच गर्दा २२ लाख ९१ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

sahani furniture udyog

स्राेत नखुलेकाे बुद्धभुमी नगरपालिका वडा नं. ९ धमौली बस्ने बर्ष २२ को जिवन प्रसाद भुषालले बाेकेकाे एक हजारकाे २० गड्डी, पांच सयकाे ६ गड्डि र एक सयकाे ३ नाेट सहित भुषाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात राजश्व अनुसन्धान बिभाग बुटवलमा पठाउने प्रहरीले जानकारी गराएकाे छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.