बुङ्गलमा अन्तर्राष्ट्रिय शान्ति दिवश सम्पन्न

0
Quantam abroad studies


उत्तमकुमार थापा बझाङ

बुङ्गल नगरपालिकामा युनाइटेड मिसन टु नेपाल र बझाङ कलष्टर काे आर्थिक सहयाेगमा अन्तर्राष्ट्रिय शान्ति दिवस सम्पन्न भएको छ ।

sahani furniture udyog

आज बुङ्गल नगरपालिका वडा न: ४ काे सहकार्य र दलित सहयाेग समाज द्वारा सञ्चालित वातावरणिय दिगाेपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकुलन परियाेजनाकाे आयाेजनामा बुङ्गल नगरपालिका वडा न: ४ बिजगडा बजारमा सम्पन्न भएको कर्मचारी लाेकेन्द्र राेकायाले बताए ।

शान्ति दिवसकाे अवसरमा जातिय विभेद अन्त्य गराै , शान्ति स्थापना गराै भन्ने मुल नाराका साथ र्यालि गरि काेण सभाका साथ सम्पन्न गरिएकाे थियाे । कार्यक्रमकाे अध्यक्ष्यता बुङ्गल नगरपालिका कार्यपालिका सदस्य जय बहादुर ताम्राकारले गर्नु भएको थियाे भने अतिथिमा बुङ्गल नगरपालिका वडा न: ४ का वडा सदस्य जनक कुबर , पार्वती कार्की र कल्पना कामी रहनु भएको थियाे ।

कृषक समूह सदस्यहरु , स्थानीय समुदाय र सुरक्षाकर्मीकाे उपस्थिति रहेकाे कार्यक्रममा परियाेजना सयाेजक मीन बहादुर परियारले स्वागत मन्तव्य राख्दै समुदायमा शान्ति कसरी स्थापना गर्न सकिन्छ भन्ने बारे छलफल गर्नु भएको थियाे भनी साेहि परियाेजनाका कृषि प्राविधिक लोकेन्द्र बहादुर राेकायाले जानकारि गराउनु भयाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.