‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्यबद्धता’ मुल नाराका साथ मनाइयो स्वयंसेवक दिवस

0
Quantam abroad studies

कपिलवस्तु , मंसिर १९
जिल्लाको विजयनगर गाउँपालिकामा १९ औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । मंगलबार ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्यबद्धता’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस मनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस दिवसको अवसरमा नि:स्वार्थ रुपमा स्वास्थ्य सेवा दिँदै आएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु संग शुभ कामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समुदायलाई स्वास्थ्य बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविको याेगदान सराहनीय रहेको बताउनु भयो । कुनै तलब, सुविधा नलिई नि:स्वार्थ रुपमा समुदायमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने कार्यमा खटिरहनु भएको महिलालाई जति सम्मान गरे पनि अपुग हुने अध्यक्ष थापाले उल्लेख गर्नुभयो । उहाँले स्वयंसेवीकाे काम सामान्य विषय नरहेको बताउँदै महिलाहरुसँग हुने घर भित्रको आफ्नै समस्याबीच पनि सेवा गर्ने भावनाले समुदायलाई स्वास्थ्य बनाउन निरन्तर खट्दै आएका स्वयंसेविकालाई गाउँपालिकाबाट शुभ कामना आदान प्रदान कार्यक्रम गरेकाे गरिएको बताउनुभयो ।

sahani furniture udyog

दिवसको अवसरमा शुभकामना सन्देश दिदै विजयनगर स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले महिला स्वास्थ्य स्वयम सेविकाको सेवाको प्रशंसा गर्नुभएको छ । अधिकारीले चिकित्सकको शहरकेन्द्रित मानसिकताले गर्दा गाउँघरका कयौँ स्वास्थ्य संस्था चिकित्सकविहीन रहेको बताउनु भयो ।

स्वास्थ्य कर्मचारीले पनि बिरामीलाई राम्रो सेवा दिन नसकिरहेको हाम्रो देशमा स्वास्थ्य स्वयंसेविकाको भूमिका सराह्नीय रहेको बताउनु भयो। कार्यक्रममा स्वागत मन्तव्य इन्द्र भन्डारीको रहेको थियो भने कार्यक्रम संचालन यज्ञप्रसाद अधिकारी गर्नु भएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.