कपिलवस्तुको बहादुरगंज आँखा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु , मंसिर २९
जिल्लाको बहादुरगंजमा कार्यक्रमको आयोजना गरि सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेत्र ज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तरगत सन्चलमा रहेको तिन वटा अस्पतालको सामाजिक परिक्षण सम्पन्न भएको हो ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज, राप्ती आँखा अस्पताल घोराही र लमही आँखा अस्पतालको समाजिक परिक्षण सम्पन्न भएको नेत्र ज्योती संघका कार्यवाहक सभापती रेशम बहादुर खड्काले जानकारी दिनुभयो । आँखा भएमात्र संसारको अनुभुती गर्न सकिने भएकाले आँखा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने कार्यवाहक सभापती खड्काले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि महाराजगंजको उपप्रमुख रिता कुमारी चौधरीले नेत्र ज्योती संघले कपिलवस्तुमा आँखा सम्बन्धी राम्रो काम गरेको भन्दै प्रशांस भयो । कपिलवस्तुका सबै स्थानिय तहमा छन्द( कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजले निशुःल्क रुपमा शिविर सन्चालन गरेर निस्वार्थ सेवा गरेको उपप्रमुख चौधरीले बताउनुभयो ।
सामाजिक परिक्षण समारोहको सहजीकरण नेपाल पत्रकार महासंघ दाङको पुर्वा उपाध्यक्ष लिला शाहले गर्नु भएको थियो । सामाजिक परिक्षणमा युवा नेता रहिश शाहले अस्पताल व्यवस्थापनको विषयमा जिज्ञासा राख्नुभएको थियो ।

कपिलवस्तु जिल्लाको दश वटै पालिका गरिएको जांचवाट आँखाको विरामी संख्यामा वृद्धी देखिएको हो । कपिलवस्तुमा १० हजार ९ सय ९७ जना आँखाका विरामी देखीएको वहादुरगंजका प्रमुख प्रसाशक शमसेर थापाले जानकारी दिनुभयो । छन्दकाले बावु नारायणी आंखा अस्पताल वहादुरगंजका अस्पाताले स्थापना काल देखि अहिलेसम्म ९ लाख ३० हजार ६ सय २२ जनाको ओपीडी परीक्षण गरेको छ । १ लाख २३ हजार ७ सय ८ जनाको शल्यक्रिया भएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष सतिस कुमार निगम, वडा नं ८ का वडाअध्यक्ष नुर मोह्मद मुसलमान, कार्यपालिका सदस्य गौरी शंकर हरिजन, जग्गा दाता नारायणी शाह लगायतले सामाजिक परिक्षणमा बोल्नुभएको थियो

Leave A Reply

Your email address will not be published.