अजिगरा माबिमा प्रधनाध्यपक माथि हातपात।

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता – कपिलवस्तु

कपिलवस्तु को कृष्णनगर नगरपालिका वार्ड न ७ मा रहेको माध्यमिक बिद्यालय अजिगरामा नव नियुक्त प्रधनाध्यपक राधे कृष्ण शर्मा माथि हातपात भएको छ। बिहान बिद्यालय आउदा सोही बिद्यालयका पूर्व प्रधनाध्यपक परिपूर्णानन्द मिश्रको कान्छो भाई
अन्नपूर्णा मिश्रले प्रधनाध्यपक शर्मा माथि हातपात गरेको प्रहरी चौकी भिल्मीले जनाएको छ ।

sahani furniture udyog

नगरपालिकाले केही दिन पहिले माध्यमिक बिद्यालय अजिगराको प्रधानाध्यपक पदको जिम्मेवारी राधेकृष्ण शर्मालाई दिएको थियो ।
नगरपालिकाले आफुलाई बरिष्ट शिक्षकको अधारमा प्रधनाध्यपकको जिम्मेवारी दिएपछि पूर्व प्रधनाध्यपकका कान्छो भाई अन्नपूर्णानन्द मिश्र (छोटकू) ले म माथि हातपात गरेको प्रअ राधा कृष्ण शर्माले बताउनुभयो। शर्मा अनुसार आफु बिद्यालय हाता भित्र प्रबेश गर्दा बाइक रोका रोका भन्दै बाइक रोक्ने बित्तिकै म माथि हातपात गर्न थाले। तैले किन प्रअ को जिम्मेवारी लिस,तलाई कृष्णनगर नगरपालिकाले दिएको हो त्यही गएर ड्यूटी गर यो बिद्यालय मेरो हो, तेरो हातखुट्टा भचदिन्छु भनी मलाई अभद्र ब्यवहार गरी धमकी समेत दिनु भयो।
प्रधनाध्यपक शर्माले आफुमाथि हातपात गर्ने परिपूर्णानन्द मिश्रको कान्छो भाई अन्नपुर्ण मिश्रालाई कडा भन्दा कडा कार्वाहीको माग गर्नु भयो ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेयका अनुसार कृटपिट गर्ने विरुद्ध जाहेरी आए पछि उचित छानविन गर्ने बताउनुभयो । विहान घटना थाहा पाउने वित्तिक्कै प्रहरी टोली अजिगरा पठाएको र घटना बार अनुसान्धान जारी राखेको प्रहरी निरिक्षक पाण्डेयले जानकारी दिनुभयो ।
अन्नपूर्णा मिश्रले बिगतमा पनि प्रअ,शिक्षक र त्यहाँका कर्मचारीलाई कुटपिट गरेको नाम न खोल्ने सर्तमा एक शिक्षकले बताए। मिश्र गत स्थानीय निकाय को चुनावमा नेकापा एस को तर्फबाट कृष्णनगर नगरपालिका वार्ड न ७ बाट वार्ड अध्यक्ष पदकाका उम्मेदवार समेत थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.