कपिलवस्तुका पलिकहरु संग आखाँ सम्बन्धि समस्याको न्यूनिकरण गर्न छलफल

0
Quantam abroad studies

शत्रुघन खरविन्द , जेठ १२ , कपिलवस्तु
आखाँ सम्बन्धि समस्याको न्यूनिकरण गर्न कपिलवस्तुका पलिकहरु संग एक कार्यक्रमको बिच छलफल गरिएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल कपिलवस्तुले जिल्लाका सबै स्थानिय तहका प्रमुख , उपप्रमुख तथा विभिन्न सरोकारवालाहरु बिच “ हाम्रो कर्तव्य , हाम्रो जिम्मेवारी आँखा सेवामा साँझेदारी” बिषयमा गौतम बुद्ध होटल तौलिहावामा बृहत छलफल भएको हो ।

जिल्लाको दश स्थानियतहमा आँखा स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले छलफल गरिएको कुरा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज कपिलवस्तुका प्रशसकिय अधिकृत जसराज विशकर्माले जनकारी दिनुभएको थियो । कार्यक्रमको वारेम शम्शेर थापाले सहाजिकरण गर्नु भएको थियो । मायाँदेवी गाउँपालिकाका भित्र आँखा शिविर संचालन गर्न जनप्रतिनिधिहरुको पूर्ण सहयोग नभए सम्म कार्यक्रम संचालन गर्न कठिन हुने मायाँदेवी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक महेन्द्र प्रसाद यादवले बताउनु भएको छ । स्वास्थ्य क्षेत्रको बजेट मौलिक हकको अधिकारलाई संबोधन हुने खालको हुनुपर्नेमा संयोजक यादवले जोड दिनु भएको थियो । भौतिक निर्माणमा मात्र फोकस गरेर हुँदैन मानव सेवामा संवेदनशील हुन आवश्यक रहेको उहाले जोडदिनु को साथै छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज कपिलवस्तुलाई मायाँदेवी गाउँपालिका समन्वय गरेर आँखाको समस्या न्यूनिकारण गर्न उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

आ.व.२०८०÷०८१ को बजेट बनाउँदा आँखा सेवाका लागि सम्बोधन हुने खालाको बजेट हुने मायाँदेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर प्रसाद यादवले प्रतिवद्धता जनाउनु छ । आँखाका बिरामीहरु लागि मायाँदेवी गाउँपालिकाको पूर्ण सहयोग रहने र आँखाका बिरामीहरुलाई उज्यालो दिलाउने छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज कपिलवस्तु संग सधै समन्वय गरेर आगडि बढाने बताउनु भएको थियो । यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले मानवियको महत्वपूर्ण अंग आँखा भएको हुँदा आँखा सम्बन्धिको बिषयमा बाणगंगा नगरपालिकाले स्वास्थ निती , दिगो बिकासका नितीलाईलाई सम्बोधन गर्ने प्रष्ट पर्नुभएको थियो ।

बाणगंगा नगरपलिकमा आँखाका बिरामीहरुका निमती विभिन्न कार्यक्रमहरु आगामी आ.व.को बजेट बनाउँदा पूर्ण रुपमा सम्बोधन गर्ने प्रशासकिय अधिकृत भुसालले प्रतिवद्धता जनाउनु भएको थियो । आखाँको समस्य र अन्धोपन निवारणकालागि हामीसबै दौडि रहेको अवस्थामा नेत्र ज्योतिसंघ शाखा कार्यालय तौलिहवा कपिलवस्तुबाट पूर्ण साथ सहयोग रहने नेपाल नेत्रज्योति संघ कपिलवस्तुका अध्यक्ष मनोज कुमार श्रीवास्तवले प्रतिवद्धता जनउनु भएको छ । बाणगंगा नगरपालिकाका भित्र नेत्र ज्योतिसंघ शाखा कार्यालय तौलिहवा शााख विस्तर गरिएको पनि उहाँले जनकारी दिनु भएको थियो । कार्यक्रमको जिल्ला समन्वय समितीका उपप्रमुख रमेश कुर्मीले आँखा नै जिवनको उज्यालो संसार देखाउने अंग भएको हुँदा सबैले आँखाको समस्यहरुको न्यूनिकारण गर्न सबैले साँझेदारी गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले आँखा मानव जिवनको लागि अत्ति नै महत्वपुर्ण भएकाले विशेष रेखदेख गर्न अग्रह गर्नु भएको छ । कपिलवस्तु नगरपालिका भित्र पनि धेरै मोतिया बिन्दुको रोगीको समस्या देखिएको हुँदा त्यसलाई न्यूनिकरण गर्न आगामी दिनमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज कपिलवस्तु संग स्वास्थ्य शाखा कपिलवस्तु नगरपालिकाका प्रमुखलाई समन्वय गर्ने मेयर पौडेलले निर्देशन दिनुभएको थियो । आँखाको समस्यको न्यूनिकरण गर्न उहाँले पुर्ण प्रतिबद्धता पनि जनउनु भएको थियो । जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले आँखा नै जिवन भएको हुँदा सम्पूर्ण स्थानियतहले योजना बनाउँदा आँखा सेवाको लागि बजेट संबोधन गर्न आग्रह गर्नु छ ।

लुम्बिनी प्रदेशमा धेरै आखाँ अस्पातलहरु संचालन रहेपनि किन बढ्दै गएको भन्ने तर्फ सोचुपर्न समय अएको कार्यक्रम नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्तीका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कुमार गिरीले बताउनु भएको छ । आखाँको समस्य न्यूनिकरण गर्नको लागि जनचेतन मूलक कार्यक्रमहरु गाउँ–गाउँ टोल–टोल सम्म पु¥याउन गिरीले अग्रह गर्नु भएको थियो ।

आँखाको समस्य न्यनिकरण गर्नको लागि सिंहदरबरको मुख हेरेर हुदैन यस विषयमा स्थानिय तहले अग्रसर भएर बजेट छुटेयउनको लागि उहाँले जोडदिनु भएको थियो । कार्यक्रम नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्तीका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कुमार गिरीको अध्यक्षता र जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख अतिथतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख रमेश कुर्मी र कपिलवस्तु नगरपलिकाका नगरप्रमुख सुदीप पौडेल को विशिष्ट अतिथता रहेको थियो । कार्यक्रमको संचालन सुचना अधिकारी बाबुराम अर्चयले गर्नु भएको थियो । कार्यक्रममा कलिवस्तुका विभिन्न पलिकका मेयर, उपमेयर , अध्यक्ष , उपध्याक्ष , विभिन्न शाखाका प्रमुख प्रतिनिधि ,स्वास्थ्य कार्यालय कलिवस्तुका प्रतिनिधि , पत्रकार लगायतको सहभागित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.