कृष्णनगरका विरामीले निशुल्क रगत पाउने

0
Quantam abroad studies


कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरबासीहरुका लागी निशुल्क रगत उपलब्ध गराउने भएको छ । कृष्णनगर नगरपालिका अन्तर्गतका विरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउन सोमबार नेपाल रेडक्रस सोसाइटी बुटवल शाखासंग सम्झौता गरेको छ ।
नगरपालिका प्रमुख रजत प्रताप शाहले नगरबाट प्राइभेट अस्पतालमा उपचारका लागी जाने विरामीहरुले निशुल्क रगत नपाउने किन्नु पर्ने बाध्यता हटाउन नेपाल रेडक्रस सोसाइटि शाखा रुपन्देही अन्तर्गत रक्तसंचार केन्द्र संग सम्झौता गरेको हो । सरकारी अस्पतालमा उपचार गर्दा आवश्यक रगत निशुल्क पाइने तर प्राइभेट अस्पतालमा उपचार गराउदाँ प्रति युनिट रु. एक हजार तिर्नु पर्ने बाध्यता अब हटेको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

sahani furniture udyog

नगर प्रमुख रजत प्रताप शाह, प्रमुख प्रसाशकिय अधिकृत इश्वरी प्रसाद शर्मा र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा बुटवलको तर्फबाट सभापति प्रेम लाल उदास र सदस्य सचिव राधा ज्ञवालीले हस्ताक्षर गरी कृष्णनगर बासीलाई निशुल्क रगत दिने व्यवस्था गरिएको हो । नगरबासीले प्राइभेट अस्पतालमा उपचार गराउदाँ आवश्यक रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवाले उपलब्ध गराउने छ भने उपलब्ध गराएको रगत वापतको रकम नगरपालिकाले व्यहोर्ने छ ।
दुई पक्षिय सम्झौता अनुसार बिरामीको उपचारको क्रममा रगत आवश्यकता अनुसार अस्पतालबाट गरिएको सिफारिसको आधारमा नगरबासी भएको पहिचान खुल्ने गरी परिचय पत्रको आधारमा रक्त संचार केन्द्र बुटवलले निशुल्क रगत उपलब्ध गराउने छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.