गैसस दारा मन्त्रीको बधाई तथा स्वागत कार्यक्रम सम्पन्न्

0
Quantam abroad studies


राम शरन रैदास १९ चैत ।
गैर सरकारी संस्था महासंघ नेपाल कपिलवस्तुले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको बधाई तथा स्वागत कार्यक्रम गैससहरु मिलेर भब्यरुपमा स्वागत गरेको छ । जिल्ला स्थित गैससहरुले मन्त्री सुरेन्द्रराज आचार्यलाई फुलमाला तथा खादा लगाई सम्मान तथा गैसस महासंघका अध्यक्ष प्रवीण कुमार, दलित सामाजिक विकास केन्द्रका अध्यक्ष संजय कुमार कोरी र किडस संस्था कार्यकारी निर्देशक कृष्ण कुमार द्धिवेदीले मायाको चिनो दिई सम्मान गरेका छन । उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि मन्त्रीलाई गैसस महासंघका कोषाध्यक्षले स्वागत गर्नु भएका थिए । गैससहरुको समस्या, चुनौती तथा माँगहरु महासंघको तर्फबाट कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष रावेन्द्र रावलले प्रस्तुत गर्नु भएको थिए भने कार्यक्रम संचालन महासंघका सचिवले संचालन गरेका थिए । बधाई तथा स्वागत कार्यक्रममा मन्त्रीले कपिलवस्तु जिल्ला पनि पछाडीपारिएको जिल्ला हो यस क्षेत्रलाई विशेष हिसावले हेर्नु पर्ने हुन्छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सुन्दा अरु मन्त्रालय भन्दा कमजोर लाग्ने बुझाई भए पनि यो मन्त्रालयले भौतिक विकास कार्य नगरे पनि धेरै नै मानवीय तथा क्षमता विकास काम गरिरहेको हुन्छ । म हुदा सम्म एक दम राम्रो कार्य गरेर अगाडी बढने छु कि अगामी दिनमा यस मन्त्रालयमा आउन सवैले मन पराउने छन । अन्त्यमा महासंघका अध्यक्षले गैससले माँग गरेका कार्य मन्त्री द्धारा पूरा हुन्छ हामी विश्वास्थ छौ भन्दै कार्य समापन गर्नु भएको थिए । गैसस महासंघहरुको समस्या, चुनौती तथा मागहरु गरेका थिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.