
कपिलवस्तु , असोज ५
कोभिडको मार पछि अर्थतन्त्र थला परिरहेको र त्यसको प्रत्यक्ष असर ब्याबसाय माथी परिरहेको अबस्थामा अर्थतन्त्र चलायमान बनाउन र ब्याबसायिलाइ बिस्थापित हुनबाट जोगाउन तिनै तहका सरकारको सहयोग आबस्यक रहेको करदाता सेवा केन्द्र तौलिहवाका कर अधिकृत ( प्रमुख ) सुरेस बरालीले बताएका छन् ।
अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ब्यवसायिक क्षेत्र र कर कार्यलय बिच सुमधुर सम्बन्ध हुनुपर्ने बताउदै उहाँले भन्नुभयो ब्याबसायिहरु आफ्नो मर्यादा भित्र रहेर कारोबार गरेको अबस्थामा आफुले अनावश्यक झन्झटको अबस्था आउन नदिन म प्रतिबद्ध छु । हामी नयाँ युवा नयाँ सोचका साथ काम गर्छौ , जरिवाना तिरायर होइन करको दायरामा ल्यायेर उचित कर लगाउनुपर्छ भन्ने मान्यता छ मेरो , हामी सबै उद्योगि ब्याबसायी सङ्ग मित्रबत सम्बन्ध राख्दै सहजीकरण गर्न चाहन्छौ । उद्योग ब्यापार संघ कपिलवस्तुले करदाता सेवा कार्यलय तौलिहवामा कर प्रमुखको जिम्मेवारीमा आएका कर अधिकृत सुरेस बरालीको स्वागत सम्मानमा आयोजित कार्यक्रममा बोल्दै कर अधिकृत सुरेस बरालीले स्थापनाको छोटो अबधी मै यसले गरेका गतिविधि कार्यक्रमहरु प्रसंशनिय छन् । उद्योग ब्यापार संघ कपिलवस्तु ले सबैभन्दा पहिले आफुलाइ स्वागत गरेकोमा धन्यवाद ब्यक्त गर्न चाहन्छु , कर कार्यलय र संघ बिच राम्रो सम्बन्ध कायम गर्दै ब्याबसायिहरुलाइ सचेतना , सहजीकरण गरिने छ , उद्योग ब्यापार संघले कर शिक्षा कार्यक्रम को आयोजना गरोस र हामी सरकारले जारी गरेका नयाँ नयाँ करका नीति लगायत कर सङ्ग समन्धित सम्पुर्ण जानकारी एबम प्रशिक्षणको लागि जतिबेला पनि तयार छौ ।
नेपाल उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले अहिले को अबस्थाको बारेमा ध्यानाकर्षण गराउदै भन्नुभयो , उद्योगि ब्याबसायी र कर कार्यलय बिच नङ्ग र मासुको सम्बन्ध हुनुपर्नेमा बाघ र बाख्राको जस्तो देखिनु बिडम्बना भएको बताउदै महासचिव पराजुलीले भन्नू भयो , कर कार्यलय को गाडी कर्मचारी देख्ने बित्तिकै ब्याबसायिले सटर बन्द गरेर हिड्ने स्तिथीको अन्त्य गर्न सफलता मिलोस , पहिले भन्दा स्तिथी सुधार भयको छ अझैपनी अब्याबाहारिक केही नीति नियम को कारण ब्याबसायी मर्कामा छन त्यसलाई न्यूनीकरण गर्दै ब्याबाहारिक भैदिनुहुन पनि अनुरोध छ ।
उद्योग ब्यापार संघ , कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले करदाता सेवा कार्यलय तौलिहवामा कर प्रमुखको जिम्मेवारी माभर्खरै आउनुभयका कर अधिकृत सुरेस बराली लाई स्वागत गर्दै भन्नू भयो ” हजुरको कपिलवस्तु बसाइ सुखद रहोस , स्मरणीय र अनुकरणीय रहोस , ब्याबसायी र कर कार्यलय एकअर्काका पुरकको रुपमा स्थापित गराउन सफलता मिलोस , हामी हरेक ब्याबसायिक गतिविधि , कर सचेतना सहजीकरण तथा शिक्षामा साथ सहयोग र सहकार्य गर्न प्रतिबद्ध छौ ।
उक्त स्वागत तथा सम्मान कार्यक्रममा उद्योग ब्यापार संघ , कपिलवस्तुका संरक्षक टोपनारायण बेल्बासे , निबर्तमान अध्यक्ष हुमनाथ पौडेल लगायत सस्थासङ्ग आबद्ध पदाधिकारी एबम सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संघका महासचिव बासुदेभ खनालले गर्नु भएको थियो ।
