उत्तमकुमार थापा , बझाङ
दलित सहयोग समाज र NYCA, बैतडीले जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरेको छ ।
बझाङ जिल्लाकाे केदारस्यु गाउँपालीकाकाे वडा नम्बर २/३/६/७ ८ मा जलवायु परिवर्तन सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हाे । पछिल्लो समय देखमा माैषम परिवर्तन सँगै घट्दै गएको जलवायु सम्वन्धि दलित सहयाेग समाज बझाङ र NYCA बैतडीकाे आयाेजनामा विद्यालयमा गएर विभिन्न सडक नाटक सहित चेतनामूलक कार्यक्रम गरिएको थियाे ।
NYCA बैतडीकाे आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा जलवायु परिवर्तन सम्बन्धि ३ दिन सम्म कार्यक्रम गरिएको दलित सहयाेग समाजका कुबेर राेकायाले बताउनु भयाे । उनले भने अहिलेकाे माैषम लाई मध्यनजर गर्दै समाजमा हुने पछि समयका गतिविधि बारे र जलवायुले गर्दा हुने असर बारे विभिन्न समुदायमा कार्यक्रम गरेको उनले भनाइ छ ।
दलित सहयाेग समाजले जिल्लाकाे केदारस्यु गाउँपालीकाका नमाउदेव माध्यमिक विद्यालयका विद्यार्थी लाई यसै गरि कैलाश माध्यामिक विद्यालयका विद्यार्थी लाई जनचेतनामुलक कार्यक्रममा सहभागी गरउदै विभिन्न वडा नम्बर ७ काे विद्यालयमा पनि जनचेतनामूलक जलवायु परिवर्तन सम्वन्धि कार्यक्रम गरेको हाे ।
कक्षा ५ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनहुनुका मुख्य कारण, त्यसका असर र न्यूनीकरणका उपायहरु बारेमा छलफल गरि सचेत गराइएको गराएको हाे विद्यार्थी अस्मिता बाेहराले भन्नू भयाे हामीले धेरै सिक्ने अवसर र NYCA बैतडीले देखाएको कार्यक्रम बाट अब देखि बनजङ्गल फडानी नगर्ने,बृक्षाराेपण गर्ने, वनजङ्गलमा आगाे नलगाउने सबै मिलेर आगाे निभाउने र हरियाली वनजङगल बनाउदा हाम्रो जीवन सहजै जिउन पाईने बताउनु भयाे । कार्यक्रम गाउँपालिका गाउँपालीकाकाे वडा नम्बर ३/६/७/८ का ५ ओटा विद्यालयमा १२०० भन्दा बढी विद्यार्थीहरुलाई प्रत्येक्ष रुपमा जनचेतना फैलाएको दलित सहयोग समाजका परियोजना संयोजक कुबेन्द्र रोकायाले जानकारी दिनु भयो। पछिल्लो समय दलित सहयाेग समाज सँस्था र वल्र्ड भिजन कार्यक्रम गाउँघर सुधारमा देखिन्छ ।
समाजमा पछिल्लो समयमा जलवायु परिवर्तनमा असर र डढेलाे फाेहरमैला सम्वन्धि जनचेतनामूलक कार्यक्रममा विद्यार्थी आकृति सहित ५ जना छात्र ५ जना छात्राले जनचेतनामूलक कार्यक्रम मार्फत सन्देश दिनु भएको छ । यसरी प्रत्येक्ष शन्देस पाउँदा खुसि भएको र अझै जनसमुदाय सँग रहेको कार्यक्रमबाट प्रभावकारी भएको शिक्षहरुले बताउदै आएका छन ।
दलित सहयाेग समाजले भुकम्प पिडितहरुलाई सहयाेग गर्दै आएको थियाे, एक जना गरिवले भन्नू भयाे दलित सहयाेग समाज भनेको हाम्रो आमा बुवा भएको छ । हामी दलित सहयाेग समाजलाई कहिल्यै भुल्न सक्दैनौं । जसले हाम्रो जिवनमा ठुलाे सहयाेग गरेको छ ।
यसै विच,प्रगतिशील युवा समाज बझाङ र केदास्यु गाउँपालीकाकाे आयाेजनमा नमाउदेव माध्यामिक विद्यालयमा बालविवाह बहुविवाह र समाजमा मदिराको कारण घट्ने घटना बारेमा जनचेतनामूलक कार्यक्रम प्रस्तुत गरेकाे थियाे । जनचेतनामूलक कार्यक्रममा केदारस्यु गाउँपालीका उपाध्यक्ष मनिसा धामीकाे प्रमुख आतिथि रहनु भएको थियाे भने,वडा नम्बर ३ का वडा अध्यक्षकाे अध्यक्षतामा कार्यक्रम सुरु भएको थियाे, प्रगतिशील युवा समाजले जनचेतनामूलक कार्यक्रममा युवा समाजका प्रतिनिधि प्रविन धामी सहित विभिन्न कर्मचारीकाे उपस्थिति रहेको थियाे । कार्यक्रम बारेमा गाउँपालीकाकाे तर्फबाट धनराम बाेहराले विभिन्न विषयमा जानकारी गराउनु भएको हाे ।
प्रगतिशील युवा समाज र केदास्यु गाउँपालीकाले गरेको सडक नाटकमा साना बालबालिका विच विवाह भएको तर यसरी विवाह गर्दा बच्चा पाउने उम्मेदवारमा आमा छाेरा दुवैको मृत्यु भएको देखाएको थियाे । सडक नाटकले विवाहवारी २० बर्ष पारी भन्ने नारालाई झल्काउने शन्देस दिनुको साथै,कसैले पनि यसरी सानाे उम्मेरमा विवाह नगर्न चेतना जगाएकाे थियाे । प्रगतिशील युवा समाज केदास्युले पनि कैलास माध्यामिक विद्यालयमा भुकम्प जादा के कसरी बच्ने यदि चाेटपट लागेमा कसरी उपचार गर्ने भन्ने विषयमा डेमाे देखाउनु भएको हाे ।
समाज रुपान्तरणमा सँघसस्थाले दियएकाे अतुलनीय सहयाेगलाई राम्रो दृष्टिकोण बाट हेर्न थालिएको छ ।