जिल्ला अस्पतालको विकासका लागि हामी निरन्तर प्रयासरत छौं:- इरफान

0
Quantam abroad studies

शहबाज खान, कपिलवस्तु 

कपिलवस्तु जिल्ला अस्पतालमा एक करोड ६ लाख २८ हजार ९९४ रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीको व्यवस्था भएको छ। जसपाका जिल्ला अध्यक्ष तथा युवानेता इरफान खानको नेतृत्वमा अस्पतालमा यो महत्वपूर्ण स्वास्थ्य सामग्री भित्र्याउन सफल भएका छन्। यस पहलले कपिलवस्तु जिल्ला अस्पतालको सेवामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

इरफान खानले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप यादव र पूर्व मन्त्री मोहम्मद इस्तियाकसँगको विशेष समन्वयमा एक करोड बढीको सिएएमार मेसिन कपिलवस्तु अस्पतालमा ल्याउन सफल भएको जानकारी दिए। यस मेसिनको आगमनले कपिलवस्तुवासीमा हर्ष छाएको छ।

इरफान खानले भने, “कपिलवस्तु जिल्ला अस्पतालको विकासका लागि हामी निरन्तर प्रयासरत छौं। यसलाई आधुनिक र सुसज्जित बनाउन हामीले ठोस कदम चालेका थियौं, र आज हामी सफल भएका छौं।”

sahani furniture udyog

यस मेसिनको आगमनले अस्पतालमा हाड जोर्ने सम्बन्धी विशेष सेवाहरू प्रदान गर्न महत्वपूर्ण सहयोग पुऱ्याउने विश्वास गरिएको छ। आधुनिक यन्त्र उपकरणहरूको व्यवस्था भएपछि जिल्ला अस्पतालले अझ उत्कृष्ट सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

अस्पतालमा यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सबै सरोकारवालाहरूलाई इरफान खानले विशेष धन्यवाद ज्ञापन गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.