१०७ थान अवैध भरूवा बन्दुक बरामद

0
Quantam abroad studies
लमजुङ प्रहरीले विभिन्न स्थानबाट १०७ वटा अवैध भरूवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी निशान श्रीवास्तवले दिएको जानकारी अनुसार, बरामद भएका बन्दुकहरूमध्ये २२ बोर हर्नेट, १२ बोर दुई नाले र एक नाले वृज लोडिङ राइफल समेत रहेका छन्। साथै, दुई थान भरूवा बन्दुक पहिले नै मुद्दा चलिरहेको हतियारका रुपमा रहेको बताए।

जिल्ला प्रशासन कार्यालय लमजुङले गत कार्तिक ११ मा सूचना जारी गर्दै, हातहतियार खरखजना ऐन तथा नियमावली अनुसार पाँच वर्षसम्म नवीकरण नगरिएका हतियारहरू सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको थियो। यस अनुरूप, जिल्लामा दर्ता भएका ४७० वटा हतियारमध्ये ११४ वटा बन्दुकधनीहरूले मात्रै आफ्नो बन्दुक नवीकरणका लागि आवेदन दिएका छन्।

sahani furniture udyog

डीएसपी श्रीवास्तवका अनुसार, बाँकी रहेका अवैध हतियारहरूको खोजी कार्यलाई तीव्रता दिइएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.