प्राचीन कपिलवस्तु यातायातले २० वर्ष पुराना ४ गाडी विस्थापित गर्ने

0
Quantam abroad studies

कपिलवस्तु — प्राचीन कपिलवस्तु यातायात प्रालिले २० वर्ष पुराना गाडी विस्थापित गर्ने निर्णय गरेको छ। सरकारी नीति तथा सर्वसाधारणको गुनासोलाई ध्यानमा राख्दै कम्पनीले आफ्नो बेडामा रहेका २००५ मोडेलका ४ वटा पुराना गाडीहरू सञ्चालनबाट हटाउने निर्णय लिएको हो।

गत असार १५ गते बसेको प्रालिको सञ्चालक समिति बैठकले यी गाडीहरू यही असार महिनाभित्र विस्थापन गर्ने निर्णय गरेको प्रालिका अध्यक्ष मोहम्मद रफिक रंगरेजले जानकारी दिए।

“दुर्घटना न्यूनीकरण र वातावरण प्रदूषण नियन्त्रण हाम्रो प्राथमिकता हो,” अध्यक्ष रंगरेजले भने, “सरकारी नीतिअनुसार हामीले पुराना सवारी साधन विस्थापन गर्ने काम अघि बढाएका छौँ।”

sahani furniture udyog

उनका अनुसार पुराना गाडीहरूले यात्रु सुरक्षामा जोखिम तथा वातावरणमा नकारात्मक असर पुर्‍याउने भएकाले चरणबद्ध रूपमा २० वर्षभन्दा बढी पुराना सवारी साधन हटाइनेछ।

यो निर्णयले सार्वजनिक यातायात क्षेत्रमै पुराना गाडी विस्थापन गर्ने दिशातर्फ सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.