जेन–जी आन्दोलनको बलिदानी बचाउन आवश्यक भए गोली खान पनि तयार छौँ: घाइते परिवार

0
Quantam abroad studies

काठमाडौँ – जेन–जी आन्दोलनका घाइते परिवार सरस्वती रावलले आन्दोलनको बलिदानीलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका छन्। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले जेन–जी आन्दोलनको लक्ष्य र रगत खेर जाने अवस्था आए आफू गोली खान समेत तयार रहेको चेतावनी दिइन्।

रावलका अनुसार जेन–जी आन्दोलन सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा सुरु भएको हो। “यो आन्दोलनले ठूलो बलिदानी दिएको छ। हजारौँ घाइते भएका छन्। मृतक परिवारको व्यवस्थापन, घाइतेहरूको जीविकोपार्जन, उपचारको ग्यारेन्टी र सुरक्षा सुनिश्चितता सरकारले तुरुन्तै गर्नुपर्छ,” उनले भनिन्।

जनयुद्धकालमा तीन वर्ष जेल बसिसकेकी रावलले आफू १० वर्षे जनयुद्धको पूर्व–योद्धा रहेको उल्लेख गर्दै आन्दोलनको मुद्दा कमजोर पार्ने प्रयास भए पुनः संघर्षमा उत्रिन तयार रहेको बताइन्। उनले आफ्ना छोरा आदित्य रावलको शरीरमा तीन वटा गोली लागेको र अझै पेटमा एउटा गोली रहेको जानकारी पनि दिइन्।

sahani furniture udyog

पत्रकार सम्मेलनमा सहभागी घाइतेका परिवार र अभियन्ताहरूले समेत आन्दोलनका माग पुरा गर्न सरकारलाई दबाब दिएका थिए। उनीहरूले देशमै रोजगारी सिर्जना, आन्दोलनका क्रममा घाइतेको दीर्घकालीन उपचार, २०४६ सालपछिका उच्चपदस्थ व्यक्ति तथा कर्मचारीमाथि छानबिन गरी कारबाही, आन्दोलनमा गोली चलाउन आदेश दिने जिम्मेवारमाथि कारबाही र प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखको व्यवस्था गर्नुपर्ने माग दोहोर्याए।

जेन–जी आन्दोलनका सहभागी सुप्रिया परियार, घाइते गोकर्ण विष्ट, सुरेश ऐरी र दुर्गा विष्टले पनि सरकारले घाइतेको पूर्ण उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनीहरूले आन्दोलनको बलिदानी खेर नजान सबै जेन–जीलाई एकताबद्ध रहन आह्वान गरे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.