कृष्णानगर क्षेत्रको परिवर्तनको लागि माओवादी केन्द्र:- जावेद आलम

0
Quantam abroad studies


कपिलवस्तु/कृष्णानगर
नेकपा माओवादी केन्द्र कृष्णानगर नगरपालिका वड़ा ७ वडा समितीको प्रथम बैठक सोमवारका दिन वडाध्यक्ष इनामुल्लाह मुसलमानको अध्यक्षतामा सम्पन्न भकों छ।
सोमवारका दिन‌ अजिगरा गाउमा ७नं वडा समितीको प्रथम बैठकको प्रमुख अतिथी माओवादी केन्द्र लुम्बिनी प्रदेश समिती सदस्य मौलाना मशहुद खां नेपाली विशिष्ट अतिथि कृष्णानगर नगरसमिती अध्यक्ष जावेद आलम खां अतिथी नगर उपाध्यक्ष प्रहलाद यादव रहेका थिए।

sahani furniture udyog


प्रथम बैठकले आउदै स्थानिए चुनावको लागि विशेष तैयारी गर्ने,गाउं/टोल समिती,प्रचार प्रसार समिती,उम्मेदवार चयन समिती बनाउने जस्ता बिषयहरु माथि निर्णय गरेको छ।
कार्यक्रमका प्रमुख अतिथी खां नेपालीले माओवादी केन्द्रको निती नियम शिद्धांत बारे जानकारी गराउदै आउने स्थानिए चुनावमा कृष्णानगर पुर्णबहुतमतका साथ जितनाको लागि पार्टीका प्रत्येक सदस्यहरु लाई इमान्दारीका साथ आजै देखि लाग्नु पर्ने अवस्था रहेको छ। र यो वडाले पार्टी प्रति ठुलो बलिदान दिएको ले जसरी पनि यो वडामा हाम्रो जीत हुनै पर्छा भन्ने कुरामा जोड़ दिनु भयो।
विशिष्ट अतिथि ‌‌‌नगर अध्यक्ष खां यो क्षेत्रमा परिवर्तनको है आवश्यकता रहेको छ र परिवर्तन ल्याउनको लागि पुर्णबहुमतले माओवादी केन्द्र लाई जिताउनै पर्छा माओवादी केन्द्र बाहेक अरु पुजीवादी पार्टीहरु यो क्षेत्रमा परिवर्तन ल्याउन सक्दैन्न। यो पालीको चुनावमा माओवादी केन्द्रलाई पुर्णबहुमतले जिताउनको लागि आग्रह गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथीहरुले वडा भित्रा रहेका शहिद परिवारहरुको घरमा पुंगी शहिद परिवारहरु संग भेंट पनि गरेका थिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.