आरक्षण र संघीयता मधेस जनबिद्रोहको उपलब्धि : अध्यक्ष यादव

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता
कपिलबस्तु -आरक्षण र संघीयता मधेस जनबिद्रोहको उपलब्धि रहेको जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्धी उपेन्द्र यादवलेबताउनुभयो। जिल्लाको कृष्णनगरमा आयोजित बिशाल आम सभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष यादव ले यस्तो बताउनुभएको हो। वहाँले भन्नु भयो मधेस जनबिद्रोहले आरक्षण मिलेको र शासन ब्यवस्था फेरिएको हो तर चाहिएको पुर्ण उपलब्धि हुन नसकेको छन । केन्द्रमा सिमित राखिएको शक्तिलाई बिकेन्द्रीकरण गरि संघीयता ल्याउनु मधेस बिद्रोहको उपलब्धि हो। कम्युनिस्टहारु अरुले कमाएको खाने हुन ,काग्रेस, कम्युनिष्टबाट देश विकास हुन नसक्ने बताउनु भएको छ ।
काग्रेस, कम्युनिष्टबाट देश झन समस्यामा जेलिएकोले अबको विकल्प जसपा नेपाल रहेको केन्द्रिय अध्यक्ष यादवले बताउनुभयो । काग्रेस, कम्युनिष्टले देशलाई अनिर्यणको बन्दी बनाउने काम गरेको आरोप लगाउनु भयो ।
कपिलवस्तुको कृष्णनगरमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा कृष्णनगरका प्रभावशाली नेता श्याम कुमार मिश्रालाई पार्टी प्रवेश गराउदै अबको निर्वाचनमा कार्यकर्तालाई होमिन आग्रह समेत गर्नुभयो ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.