विजयनगरमा नेपाली काङ्ग्रेसलाई ठुलो झटका ,नगर सभापति यादव जसपामा प्रवेश

0
Quantam abroad studies


कपिलवस्तु विजयनगर
विजयनगर नेपाली काङ्ग्रेसलाई ठूलो झटका लागेको छ। नेपाली काङ्ग्रेस नगर सभापति जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ ।
शुक्रबार औपचारिक रुपमा जसपाको केन्द्रिय परिषद सदस्य राम निवास यादव र कपिलवस्तु जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव दुबै नेताले टिका लगाई प्रवेश गराउनु भएको विजयनगर जसपा गाउँ कमिटी सचिव अशोक कुमार जैसवालले जानकारी दिनु भएको छ ।

sahani furniture udyog

नेपाली काङ्ग्रेस बाट गाउँपालिकामा अध्यक्ष पदमा आकांक्षी रहेका यादव टिकट नपाउने निश्चित भए पछी आफू सहित वडा अध्यक्ष पदको आकांक्षी रहेका हृदय बिकास चौधरी (बिके) चेतन ढकाल लगाएत सयौं कार्यकर्ता सहित जसपा पार्टीमा प्रवेश गरेको बताइएको छ ।

यादव असल,ईमानदार,स्वच्छ सरल छबि भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन्। यादव जसपामा प्रवेश गरे संगै बैशाख ३० गते हुने स्थानीय चुनावमा जितको विजय सुनिश्चित रहेकोे आकालन गर्न थालिएको छ ।
यादव स्वतन्त्र बाट थोरै मतले हार बेहोरेका यस पाली पार्टी बाट टिकट पाउने भएसि जितको सम्भावना प्रबल रहेको विश्लेषण गरि रहेका छन् । यादवको जसपामा प्रवेशले विजयनगरबासी नेता,कार्यकर्ता, समर्थकहरुमा खुसयाली छाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.