

कमलेश चन्द्र गुप्ता / कपिलवस्तु
कपिलबस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टी ( जप्रपा ) को प्यानल विजयी भएको छ । जप्रपाका वडा नम्बर ७ का अध्यक्ष उम्मेदवार रामरूप (बाठे) बढईको प्यानल नै निर्वाचित भएको हो ।

बढईले १० सय २५ मत ल्याएर निर्वाचित हुनुभएको छ।
उनका प्रतिद्वन्दी कांग्रेसका अब्दुल समद मुसलमानले ६८६ मत प्राप्त गरेका थिए । त्यसै गरि महिला सदस्यमा शुसिला यादव, दलित महिला सदस्यमा उर्मिला चमार, खुल्ला सदस्यहरुमा तेजभान मिश्र र दिप कुमार केवटले बिजय हासिल गर्नु भएको छ ।
