जसपा अध्यक्ष यादवको चुनावी क्षेत्र बाट जनमत पार्टी अध्यक्ष राउत चुनाव लड्ने।

0
Quantam abroad studies

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।

आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको छ।

sahani furniture udyog

राउत सप्तरीको महादेवा गाउँपालिका–२ निवासी हुन्। गत स्थानीय निर्वाचनमा राउतको घर रहेको वडा महादेवा गाउँपालिका–२ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो । यो बाहेक २ नं. क्षेत्रका जनमत पार्टीले सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकाका प्रमुख पदमा जितेको छ ।

जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा पहिलो पटक भाग लिएको थियो। २०७५ फागुन २४ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.