पहलगाम आतंकी हमलाको विरोधमा मर्यादपुरमा श्रद्धाञ्जली सभा

0
Quantam abroad studies

कपिलवस्तु , वैशाख १०

 भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकी हमलाको विरोधस्वरूप कपिलवस्तुको यसोधरा गाउँपालिका–७ मर्यादपुरमा बुधबार साँझ दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ। स्थानीय युवा समाजसेवी तथा बौद्धिक वर्गको अगुवाइमा आयोजित कार्यक्रममा आतंकी आक्रमणमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले आतंकवाद मानवता विरुद्धको अपराध भएको भन्दै यसको कडा भर्त्सना गरे । समाजसेवी हजरत अलीले “भारतको पहलगाममा भएको आतंकी आक्रमण केवल एक देशविरुद्धको हमला होइन, यो सम्पूर्ण मानवताविरुद्धको क्रुर प्रहार हो। निर्दोष नागरिकको ज्यान जाने यस्ता घटनाले हामी सबैको मन दुःखी भएको छ । यो दु:खद घडीमा हामीले जात, धर्म, भाषा र भूगोलभन्दा माथि उठेर मानवीय समवेदना प्रकट गर्नु आवश्यक छ।”

sahani furniture udyog

उनी थप भन्छन्, “आतंकवाद कुनै पनि मुलुक, समुदाय वा धर्मको पक्षमा हुँदैन। यसले शान्तिपूर्ण समाजमा डर र असुरक्षा फैलाउने काम मात्र गर्छ। युवाहरूको कर्तव्य हो, यस्तो हिंसाको विरोधमा दृढताका साथ उभिनु र सामाजिक सद्भाव कायम राख्ने अभियानमा अग्रसर हुनु। 

आतंकवादको विरुद्ध हाम्रो एकता नै सबैभन्दा ठूलो बल हो।” उनले सबैलाई संयमित, सहिष्णु र जागरूक बन्न आह्वान गर्दै भने, “शान्ति, सद्भाव र मानवताको रक्षा गर्नु हाम्रो साझा जिम्मेवारी हो। आतंकले हाम्रो हौसला कहिल्यै कमजोर पार्न सक्दैन अलिले भने । कार्यक्रममा स्थानीय युवा, बुद्धिजीवी, समाजसेवी र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। मैनबत्ती बालेर गरिएको श्रद्धाञ्जली सभाले समुदायमा मानवता र शान्तिको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.