पचास करोड पशुपन्छी को ज्यान गएको तथ्यांक सार्बजनिक

0
Quantam abroad studies

पौष – २०
एजेन्सी – बिगत तीन महिना देखि अस्ट्रेलियाको जङ्गलमा लागेको आगोका कारण अहिले सम्म करिब पचास करोडको हाराहारीमा बन्यजन्तु एव चराचुरुङ्गी मरिसकेको जानकारी प्राप्त भएको छ। युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्राध्यापक क्रिस डिकम्यानले बिबिसीलाई ४९ करोड पशुपंक्षी मारिएको तथ्यांक दिएका छन् ।यो तथ्यांक सार्बजनिक भए सगै पूरा विश्व चिन्तित बनेको छ।अनुमान अनुसार कोवाला मात्रै आठ हजार को हाराहारीमा मरेका छन् । करोडौं जनावर ज्यान जोगाउन शहर तिर भाग्ने प्रयास गरेता पनि काडे तारमा अल्झेर मरेका छन् । उक्त आगोको कारण अहिले अस्ट्रेलियाको को तापक्रम ४० डिग्री सेल्सियस पुगेको र बाक्लो धुवाँकाले गर्दा बाताबरणिय संकट उत्पन्न भएको छ । बिज्ञका अनुसार उक्त आगोका कारण विश्व को मौसममा नराम्रो असर पर्न सक्ने बताएका छन् ।तीन महिना देखि लागेको आगोका कारण आहिले सम्म कम्तीमा दुई दर्जन ब्यक्तिको मृत्यु भएको र कैयौं हराइरहेका छन् ।उक्त आगोको चपेटामा परि अहिले सम्म पच्चीस सय भन्दा बढी घर जलेर नस्ट भएका छन् भने  हजारौं मानिसहरु बिस्थापित भएका छन् ।

sahani furniture udyog

हावा बिसालु भएको छ र तापक्रम बढे सगै त्यस क्षेत्रमा बसोबास गर्ने मान्छेको जीवन कष्टमय बनेको छ ।अस्ट्रेलियाको धेरै भागमा सरकारले संकटकाल घोषण गरेको छ ।पानी नपरेको ,चर्को घाम र तिब्र हवाका कारण आगो झन फैलिदै गएको छ भने मृत्यु हुने को संख्या बढदै गएको छ ।त्यहाँको सरकारले आगो नियन्त्रणमा लिन थप तीन हजार रिजर्ब फोर्स खटाएको छ ।त्यस आगो पश्चात् समाजिक संजालमा विभिन्न हिर्दय बिदारक दृश्य आएक छन् ।उक्त दृश्यले जो कोसैको मन रुवायको छ भने उक्त दृश्य आए सगै घाइते जनावरको हेरचाह र सहयोग गर्ने को सख्य पनि बढेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.