बाटो नभएको ठाँउमा मलामी प्रतीक्षालय

0
Quantam abroad studies

अजय सहानी , मंसिर ११ , कपिलवस्तु
कपिलवस्तु नगरपालिकामा अवस्थित रामघाट एक चर्चित     धार्मिक स्थल हो । यो घाट प्रचिन भागिरथी खोला को दक्षीणमा अवस्थित छ साथै तौलिहवा बजार लगायत वारिपरी का सयौं गाउका हिन्दु को मुख्य अन्तेस्टि स्थल हो ।

सोही अन्तेस्टि स्थलमा आउने मलामीहारुलाई बर्षामा पानी र गर्मीमा घाम बाट बच्नको लागि  कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघटमा  मलामी स्थल नजिक को बाधमा लाखौ रुपैयाको लागतमा मलामी प्रतीक्षालय निर्माण गरिएको छ । उक्त प्रतीक्षालाय निर्माण भएको  दुई बर्ष भन्दा बढी भइ सकेको छ। तर अचम्मको कुरा के भने उक्त प्रतीक्षालयमा आज सम्म कोहि मलमी नगएको स्थानीय बताउछन् । अखिर कारण के त ? भन्ने प्रश्नको जवाफ खोज्दा बल्ल त्यहाँ हाम्रा जनप्रतिनिधि को ठुलो लापरबाही भेटियो । त्यहाँ कोहि जाउन त कसरी? त्यहाँ पुग्न बाटो आज सम्म निर्माण नै भएको छैन ।

sahani furniture udyog

हाम्रो टिम त्यहाँ पुगि निरीक्षण गर्दा उक्त प्रतीक्षालयको अगाडीको भागमा किसानले खेती गर्ने गरेको रहेछन् भने पछाडीको भागमा गहिरो नाला रहेको भेटियो । त्यसतै उक्त प्रतीक्षालयको दुबै तर्फको भागमा घना झाडी रहेको छ। उक्त प्रतीक्षालयको नकुनै प्रयोग छ नत संरक्षण नै। त्यसतै एक जना स्थानीयले नाम नबताउने शर्तमा भने हामिले पटक पटक वडा अध्यक्ष लगायतका जनप्रतिनिधिलाई बाटो बनाउन पहल गर्यौ तर कुनै किसिमको सुनुवाइ भएन र उन्ले थपे आहिले  उक्त प्रतीक्षालाय लागुपदार्थ सेवन गर्नेको अड्डा बनेको छ।

उक्त प्रतीक्षालायको विषयमा हामीले वडा अध्यक्ष रुद्रप्रसाद गैरे सग फोनमा सम्पर्क गर्दा उहाँले खोलामा बालुवा, गिट्टी निकाशी बन्द भएको हुँदा बाटो बनाउन नसकिएको बताए र चाडै बाटो निर्माण हुने भनी दाबी गरेका छन् । तर दुई बर्ष अघि बनेको समर्चनामा अहिले सम्म बालुवा र गिट्टी को अभावले बाटो नबनेको हास्यास्पद रहेको छ किनभने प्रतेक बर्ष निश्चित समय अवधिको लागि खोला बाट बालुवा र गिट्टी निकासी भएको छ ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.