मंसिर १२, कपिलवस्तु
डा. सतिस उपाध्याय – कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरी मा रहेको श्री तिलौराकोट माध्यमिक बिधालयमा बालबिकाश देखि कक्षा ५ सम्मा का बिध्यार्थीहरु को माहवारी उपस्थितिको अधारमा कपिलवस्तु नगरपालिका कार्यलय द्वारा उपलब्ध गराइएको दिवा खाजा खर्च आज वितरण गरिएको छ।कपिलवस्तु नगरपालिका द्वारा निकाशा गरिएको कुल रकम चार लाख अठसठ्ठी हजार रहेको छ ।उक्त खाजा खर्च श्रावण देखि कार्तिक सम्मको रहेको भनी प्रधानाध्यापक सजय बर्माले बताउनु भएको छ । खाजा खर्च बुझदा आभिभावक र बिध्यार्थी निकै खुशी देखिएका छन् ।खाजा खर्च वितरणको समयमा प्रधानाध्यापक र शिक्षकहरुले आभिभावक सग बिध्यार्थी को नियमित उपस्थितिको लागि बिशेश ध्यान दिन अनुरोध गरेका छन् ।