श्रीराम बिवाह उत्सव भब्यताका साथ सम्पन्न…

0
Quantam abroad studies

मंसिर -१५, कपिलवस्तु

sahani furniture udyog

अजय सहानी – राष्ट्रिय हिन्दु परिषद र सायुक्त दुर्गा पुजा समिती को अयोजनामा कपिलवस्तु को सदरमुकाम तौलिहवा मा पहिलो पटक भगवान श्रीराम र माता सिताको बिवाह उत्सव भब्यताका साथ सप्पन्न भएको छ । भगवान् श्रीराम र माता सीता को बिवाहको सम्झनामा जनकपुर स्थित जानकी मन्दिरमा प्रत्येक बर्ष बिवाह उत्सव धुमधामका साथ मनाइन छ तर कपिलवस्तुमा भने यो पहिलो पटक हो ।उक्त कार्यक्रममा रथमा महाराज दशरथ,भगवान श्रीराम ,माता सिताको साथै लक्षम्ण को भेषमा रहेका कलाकार सहितको झाकी सग उपस्तिथ भक्तजनले नगर परिक्रमा गरेका थिए ।उक्त कार्यक्रममा बिद्यार्थी,युवा र महिला को उपस्तिथि राम्रो रहेको थियो ।नगर परिक्रमा पश्चात् उक्त झाकि तौलिहवा स्थित बाल मन्दिर मा पुगि केही बेरको सभा पछि उक्त कार्यक्रम को समापन भएको थियो .

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.