मंसिर -१८, काठमाडौं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालको अग्रता कायमै रहेको छ । अहिले सम्म नेपालले ६० पदक जितेको छ । जसमा स्वर्ण २७, रजत १४ र कांस्य १९ समावेश छ । यसैगरी भारत २२ स्वर्ण, १९ रजत र १० कांस्यसहित ५१ पदक जित्दै पदक तालिकामा नेपालको पछि दोस्रो स्थानमा रहेको छ । साथै भारतलाई पछ्याउँदै पाकिस्तान तेस्रो स्थानमा रहेको छ। ८ स्वर्ण, १३ रजत र १३ कांस्यसहित ३४ पदक जितेर पाकिस्तानले आफू तेस्रो स्थान सुरक्षित गरेको छ ।यसैगरी ६ स्वर्ण, १७ रजत र ३२ कांस्यसहित ५५ पदक जितेर श्रीलंकाले चौथो स्थानमा रहेको छ । यस्तै बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित ३५ पदक जित्दै पाँचौ स्थानमा रहेको छ भने माल्दिभ्स १ स्वर्ण,२ कास्य जितेर छैटौँ स्थानमा रहेको छ । यसैगरी अन्तिममा रहेको भुटानले भने ३ कास्य जितेको छ।