
एजेन्सी – आज बिहान इरान को राजधानी तेहरान नजिक भएको विमान दुर्घटनामा चालक दलका ९ जना सदस्य सहित १७६ यात्रुको मृत्यु भएको छ ।उक्त विमान प्राबिधिक समस्याका कारण दुर्घटना भएको इरान को समाचार एजेन्सीले बताएको भएता पनि दुर्घटनाको आधिकारिक रुपमा कारण भने अझै खुलाइएको छैन ।बोइङ ७३७ युक्रेनि विमान राजधानी तेहरान स्थित खमोइ विमान स्थल बाट उडान भरेको केही बेरमै दुर्घटना भएको थियो ।
नागरिक उड्डयनका प्रवक्ता रजा जाफरजादेहले तेहरानको दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटना भएको जानकारी दिँदै , ‘जाँचबुझका लागि दुर्घटनास्थलमा टोली खटिएको छ ’ भनी बताएका छन् ।
