काग्रेसका पुर्ब वडा प्रत्यासी समाजबादीमा प्रबेश

0
Quantam abroad studies

धिरज कोरि/फाल्गुन ५
कपिलवस्तु – कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
कपिलवस्तुकाे प्रतिनिधि सभा संसदीय निर्वाचन क्षेत्र न•३ अन्तर्गत कृष्णनगर नगरपालिका काे समाजवादी पार्टी नगर समितिकाे अायाेजनामा यसै पार्टी नगर समिति काे अध्यक्ष गाेपाल प्यारे चन्देल काे अध्यक्षता एवम् केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता काे प्रमुख अतिथितता मा  समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम मा नेपाली कांग्रेस का पूर्व वडाध्यक्ष प्रत्यासी सलाम मुसलमान ले आज बाट नेपाली कांग्रेस पार्टी लाई त्यागी समाजवादी पार्टी मा प्रवेश गरेको प्रदेश प्रवक्ताले बताएका छन।

साे कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगल प्रसाद गुप्ता , राम वरन प्रसाद यादव , प्रदेश नं ५ का प्रवक्ता अकरम पठान , प्रदेश सदस्य एवम् जिल्ला सह-इन्चार्ज शिव पुजान यादव , प्रदेश सदस्य राम सेवक यादव , युवा संघ काे केन्द्रीय सदस्य नवाब शाह लगायत अन्य व्यक्ति काे उपस्थिति रहेको थियो ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.