
निरहु यादव ,कृष्णनगर , फाल्गुन ११
कपिलवस्तु – स्थथानीय तहको निर्वाचन पछि पटकपटक विभिन्न प्रकार बिवाद झेल्दै आइरहेको कृष्णनगर नगरपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा नगरपालिकाको हरेक आर्थिक कारोबार बन्द भएको छ । लामो समय देखि तलबभत्ता नपाएकाले आज बिहान
नगरपालिका अन्तरगतका बिद्यालयका प्र. अ. र अन्य शिक्षकहरुले आज बिहाना १०.००बजे देखि १२.०० बजे सम्म नगरपालिका कार्यलयमा ताल्चा लगाई २ घण्टासम्म धर्ना प्रदर्शन गरेर नगर प्रमुख लाई ज्ञापन पत्र बुझाएका छन । कृष्णनगर नगरपालिकामा प्रशासकीय अधिकृत तथा लेखा अधिकृतको पद रिक्त रहेकोले शिक्षा, स्वास्थ्य ,कृषि , पशु लगायत भौतिक निर्माण क्षेत्रका काम निकै प्रभावित भएको छ । शिक्षा समिति सदस्य प्रदीप कुमार सिंह , राष्ट्रीय शिक्षक संघका नगर अध्यक्ष प्रहलाद प्रसाद पाण्डेय, शिक्षक पेशागत महासंघका नगर अध्यक्ष जय प्रकाश चौधरी लगायत बिभिन्न बिद्यालय बाट शिक्षकहरु धर्नामा प्रदर्शनमा सहभागीता गरेका थिए ।
नगरपालिकाको चौतर्फी बिकास, र नगरपालिकाभित्र रहेको जनप्रतिनिधिहरुको एकतालाई बिपक्षी सत्ता दलका नेताहरु देखेर सहन नसकेर सम्बन्धित मंत्रालयको मंत्रीसंग भेटेर नगरपालिकाको बारेमा झूठो खोक्रो अविश्वासनीय कुरा गरेर नगरपालिका को बिकासमा बाधा गरेर जनता समक्ष नगरपालिका र जनप्रतिनिधी प्रति भ्रम फैलाइ बदनाम गराउन लागि मात्रै कृष्णनगर नगरपालिकामाथि पटक पटक प्रहार गरिरहेको नगरप्रमुख रजत प्रताप शाहले बताएका छन।
सम्बन्धित मन्त्रालयमा पटकपटक कर्मचारी पठाउन माग गरेपनि मन्त्रीका केही चम्चाहरुले कृष्णनगर नगरपालिका बारे गलत सन्देश दिई भ्रमित गराएकाले मन्त्रीले अश्वाशन मात्रै दिए तर कुनै पहल नगरेको सुनाए ।
