कोरोना भाइरसका कारण एसईई स्थगित

0
Quantam abroad studies
sahani furniture udyog

चैत्र – ५
काठमाडौं  –  माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका सबै परीक्षा स्थगित गरेकाे छ ।उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सरकारले एसईई लगायतका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई परीक्षा चैत ६ गतेदेखि हुने पूर्व निर्धारित तालिका थियो । यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ।

देशका नागरिकलाई कोरोना भाइरस बाट जोगाउन सरकारले केही निर्देशिका जारी गरेको छ ।
सरकारले आज गरेका निर्देशनहरु;
१. SEE स्थगित
२. University परिक्षा स्थगित
३. स्कुल, कलेज बन्द गर्ने
४. २५ जना भन्दा बढी एक ठाँउमा भेला हुन नपाउने
५. अत्याबस्यक काम बाहेक घर बाहिर ननिस्किनु
६. सिनेमा हल, जीम, डान्स बार बन्द
७. यात्रु बाहक बसमा सिट भन्दा बढी यात्री राख्न नपाउने
कृपया सबै मिलेर यस्तो घडिमा सरकार को साथ दिइ देश समाज प्रती बफादार हुन हार्दिक अनुरोध गर्दछु।

Leave A Reply

Your email address will not be published.