नवलपरासी पश्चिममा झण्डै डेढ लाख बराबरको अबैध केराऊ बरामद

0
Quantam abroad studies

रबिन्द्र यादव , साउन ४

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बिभिन्न ठाउँ बाट प्रहरीले १ लाख ४७ हजार ५ सय मुल्य बराबरको केराऊ (मटर) बरामद गरेको छ । हिजो (शनिबार) राती ११ बजेको समयमा नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ६ बोरा केराऊ प्रतापपुर गाउँपालिका ४ दरखासेबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहर कार्यालय बेलाटारी बाट खटिएको प्रहरी टोलीले शनिबार बिहान साढे ३ बजे प्रतापपुर गाउँपालिका ४ भैरवपुर बाट ५ बोरा , सोहि दिन ५ बजे प्रतापपुर ५ जगन्नाथबाट ७ बोरा , सोहि दिन बिहान १० बजेर २५ मिनेट जाँदा सरावल गाउँपालिका ७ बुलन्दपुरबाट १९ बोरा बरामद गरिएको बताइएको छ । उक्त बरामद गरिएको जम्मा ३७ बोरा (१४७५ केजी) केराऊ भारत तर्फ साइकल र मोटरसाइकलमा लैजादै गर्दा प्रहरीलाई देखेपछि बोरा छाडेर भागेका थिए ।

उक्त केराऊ आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.